काठमाडौं- नेपालमा थप १४ जना कोरोना भाइरस संक्रमित भेटिएका छन्।
शुक्रबार उदयपुरमा १२ र चितवनमा दुई जनामा कोरोनाको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले जानकारी दिए। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको डा. कार्कीले बताए।
उदयपुरमा भेटिएका १२ जना संक्रमित पुरूष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै, चितवनबाट ल्याइएका दुई वटा स्वाबको रिपोर्ट पनि पोजेटिभ आएको छ। चितवनको राप्ती नगरपालिका–८ का कोरोना संक्रमितहरु चैत ३ गतेमात्रै बेलायतबाट फर्किएका हुन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ।
यसअघि १६ जना कोरोनाका संक्रमित भेटिएका थिए। उनीहरूमध्ये टेकु र पाटन अस्पतालमा दुई-दुई जना, धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पाँच जना, बागलुङ अस्पतालमा दुई तथा वीरगञ्ज अस्पतालमा चार जनाको उपचार भइरहेको छ भने कोरोनाको पहिलो संक्रमित युवक निको भएर घर फर्किसकेका छन्।
प्रकाशित मिति : शुक्रबार, बैशाख ५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्