ट्रक यातयात व्यवसायीको पेशा संकटग्रस्त ,व्याज र सवारी कर मिनाहा गर्न माग

ट्रक यातयात व्यवसायीको पेशा संकटग्रस्त ,व्याज र सवारी कर मिनाहा गर्न माग

 

बुटवल

विश्वभर महामारीका रुपमा फैलिरहेकोे कोरोनाको संक्रमणले नेपालको सामान ढुवानीमा महत्वपुर्ण भुमिका निर्वाह गदै आएका ट्रक यातयात व्यवसायीको पेशा संकटग्रस्त भएकोले लकडाउन अवधीको बैंक तथा वित्तिय संस्थाको ऋणको व्याज र सवारी कर मिनाहा गर्न व्यवसायी संस्थाले माग गरेका छन ।

नेपाल ट्रक यातयात व्यवसायी महासंघ प्रदेश ५ ले शनिवार एक विज्ञप्ति जारीगरि ट्रक व्यवसायीको पेशा लकडाउनका कारण धराशायी भएको र बैंक तथा वित्तिय संस्थावाट लिएको ऋणको व्याज तिर्न कठिनायी भएको ठहर गरेको छ ।

त्यस्तै ढुवानीका साधन संचालन हुन नपाउदाँ व्यवसायीले गरेको लगानीको प्रतिफल प्राप्त नहुने भएकाले लकडाउन अवधीको सवारी कर मिनाहा गर्न सरकारसंग माग गरिएको छ ।

त्यसैगरि लकडाउन अवधीको ट्रक यातयात व्यवसायीले बैंक तथा वित्तिय संस्थामा सवारी साधन राखेर लिएकोे ऋणको व्याज पनि मिनाहा गर्न नेपाल ट्रक यातयात व्यवसायी महासंघ प्रदेश ५ का संयोजक यम प्रसाद पाण्डेद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संयोजक पाण्डेद्धारा जारी विज्ञप्तिमा वर्तमान असहज परिस्थितीलाई मध्यनजर गरि ट्रक व्यवसायीलाई राहत प्रदान गर्न सरकारसंग माग गर्नु भएको छ ।

लकडाउनका कारण ढुवानीका साधन संचालन हुन नसक्दा आम्दानीको स्रोत्त बन्द भएकाले व्यवसायीले लिएको ऋणको व्याज तिर्न समस्या भएको भन्दै सामाजिक उत्तरदाईत्व अन्तर्गत ट्रक यातयात व्यवसायीलाई राहत स्वरुप व्याज र सवारी कर मिनाहा गरि सहयोग गर्न सरकारसंग संयोजक पाण्डेले माग गर्नु भएको छ । त्यस्तैै महासंघका सल्लाहकार तथा पश्चिमाञ्चल यातायात व्यवसायी समितिका महासचिव जित बहादुर भाटले लकडाउनको अवधी लम्बिदै गएमा हरेक ४ महिनामा वझाउनु पर्ने रुट परमिट र ६ महिनामा बुझाउने जाँचपास शुल्क पनि मिनाहा गर्नु पर्ने बताउनु भयो ।

नेपाल ट्रक यातयात व्यवसायी महासंघ प्रदेश ५ अन्तर्गत पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवल र लुम्बिनीे ट्रक व्यवसायी समिति रुपन्देही ,साना मझौला यातयात व्यवसायी समिति बुटवल, वाणगंगा यातयात प्रालि कपिलवस्तु , सम्युक्त राप्ती यातयात व्यवसायी समिति दाङ र भेरी यातयात व्यवसायी समिति नेपालगञ्ज आवद्ध रहेका छन ।

यी ६ वटा संस्थामा गरि ६ हजार ५ सय सवारी साधन संचालनमा रहेका छन । जस अन्तर्गत पश्चिमाञ्चल यातायात व्यवसायी समितिमा २ हजार ५ सय, लुम्बिनीे ट्रक व्यवसायी समितिमा १ हजार ५ सय ,साना मझौला यातयात व्यवसायी समितिमा ५ सय, वाणगंगा यातयात प्रालिमा १ हजार , सम्युक्त राप्ती यातयात व्यवसायी समिति दाङमा र भेरी यातयात व्यवसायी समिति नेपालगञ्ज आवद्ध रहेका छन ।

ति सवारी साधन संचालन गर्नका लागि १६ अर्ब २५ करोड बैक तथा वित्तिय संस्थावाट ऋण लिएको पनि महासंघद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : शनिबार, बैशाख ६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij