बेलहिया
कोरोना भाइरस का कारण देश पुरै लकडाउन मा रहेको बेला बेलहिया का केही युवा भने गरिब , विपन्न परिवार लाई राहत वितरण मा व्यस्त रहेका छन । बेलहिया का स्थानिय युवाहरुको सक्रियता मा हाल सम्म बेलहिया का २ सय ६० परिवार र भैरहवा का १० परिवार लाई राहत वितरण को काम गरि सकेका छन । बेलहिया का स्थानिय सक्रिय ७ जना युवा ले सुरु गरेको यो अभियान मा अहिले २१ जना युवाहरु को टीम नै खडा भएको छ । एकै पटक राहत वितरण गर्न भन्दा पनि यो टीम ले आवश्यकता अनुसार ७ चरण मा राहत वितरण कार्य सम्पन्न गरेको कार्यक्रम का सचिव माधव शर्मा ले जानकारी दिनु भयो । शर्मा का अनुसार पहिलो चरण मा ६८ परिवार, दोस्रो चरण मा २५ परिवार ,तेस्रो चरण मा२६ परिवार, चौथो चरण मा २४ परिवार, पाचौ र छैठौ चरणमा ७५ र सातौ चरणमा ५२ परिवार लाई खाधान्न सामाग्री वितरण गरिएको बताउनु भयो । राहत वितरण मा प्रत्येक परिवार लाई १० किलो चामल, ५ किलो आटा, आलु प्याज २ किलो, खाने तेल १ लिटर नुन १ किलो लगायत का खाधान्न सामाग्री उपलब्ध गराएको राहत वितरण कार्यक्रम का कोषाध्यक्ष देवराज न्यौपाने ले बताउनु भयो ।राहत बितरण कार्यक्रम का लागी कमिटि नै गठन गरेर काम गरिएको थियो । कमिटी को सयोजक मा सुमन शर्मा, कोषाध्यक्ष देवराज न्यौपाने, सचिव माधव शर्मा, तथा सदस्यहरु राजु शाही, राजु खडका, भरत थापा, सन्तोष बराल, कृष्ण पौडेल क्षेत्री, भान नारायण प्रधान, दिलिप गुप्ता,सुरेन्द्र क्षेत्री, प्रभु बस्नेत, राजिव उदास,पकज उदास,दिपक साहानी,निरज शर्मा, लल्लु धवल, अशोक क्षेत्री,सब्बु थापा, पिकिं थापा, मिन बहादुर गरुङ्ग रहेको संयोजक सुमन शर्माले बताउनु भयो । आठौ चरण को राहत वितरण का लागी विपन्न परिवार को लगत सकलन भइरहेको सचिव शर्मा ले बताउनु भयो ।
प्रकाशित मिति : मंगलबार, बैशाख ९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्