तत्काल संघीय संसदको बैठक बोलाउन नेकपा बाहेकका दलको माग

तत्काल संघीय संसदको बैठक बोलाउन नेकपा बाहेकका दलको माग

काठमाण्डौ – प्रमुख विपक्षी दल नेपाली कांग्रेससहितका चार दलले तत्काल संसद बैठक बोलाउन माग गरेका छन् ।

कांग्रेसको आग्रहमा बसेको समाजवादी पार्टी, राजपा नेपाल र राप्रपा शीर्ष नेताको संयुक्त बैठकले सरकारले सोमबार ल्याएका अध्यादेशले संविधानको मूल मर्ममा आक्रमण तथा लोकतान्त्रिक मूल्य र मान्यताको घोर उल्लङ्घन गरेको ठहर गर्दै भौतिक दूरी कायम गर्दै तत्काल संघीय संसदको बैठक बोलाउन सरकारसँग माग गरेको हो ।

बैठकले अध्यादेश ल्याउने सरकारको निर्णयको निन्दा पनि गरेको दलहरुले विज्ञप्ति निकालेर जनाएका छन् ।

बैठकले  ओली नेतृत्वको सरकार लोकतान्त्रिक मूल्य मान्यतालाई समाप्त पारी निरंकुश शासनतर्फ उन्मुख श्रृङ्खलावद्ध कदमहरुको पछिल्लो नाङ्गो कदमका रुपमा यी अध्यादेशहरु रहेको निष्कर्ष निकाल्दै दुवै अध्यादेश तत्काल फिर्ता लिन जोडदार माग गरेको छ  ।

बैठकले संघीय संसद बाहिर रहेका राजनीतिक दलहरु र नागरिक समाजसँग पनि थप अन्तरक्रिया र छलफल गर्ने निर्णय पनि गरेको छ ।

बैठकले राजनीतिक दलहरु, नागरिक समाज र आम नागरिकलाई सरकारको अधिनायकवादउन्मुख कदमप्रति थप चनाखो भइ सरकारका लोकतन्त्र विरोधी र जनविरोधी कामहरुका विरुद्धमा सचेत र जागरुक हुन अपिल पनि गरेको छ ।

लकडाउनको सीमाभित्र रहेर सरकारको अलोकतान्त्रिक कदमविरुद्ध जनमत सिर्जना गर्न निरन्तर क्रियाशील रहने र लकडाउनपछि सरकारको निरंकुश र जनविरोधी कदमकाविरुद्ध आवश्यक कदम उठाउने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले लकडाउनका कारण नागरिक अत्यावश्यक वस्तुबाट वञ्चित हुन थालेको, सरकार राहत, उद्धार र कोरोना सङ्क्रमणका सम्भावितलाई द्रूत गतिमा जाँच र स्वास्थ्य सेवाबाट वञ्चित रहेका नागरिकप्रति संवेदनशील नभएको तथा भेदभाव गरेको भन्दै यसप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : बुधबार, बैशाख १० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij