तिलोत्तमा ।
नेपाल रेडक्रस सोसाईटीको तिलोत्तमानगर उपशाखाले तिलोत्तमा नगरपालिका– ५ मणिग्राम शान्ति नमुना माविमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।कोरोना संक्रमणको अवस्थामा रगतको अभाव हुन थालेपछि सुरक्षित रुपमा रक्तदान कार्यक्रम गरिएको नेपाल रेडक्रस सोसाईटीको तिलोत्तमा नगर उपशाखाका सभापति टेक बहादुर थापाले जानकारी दिए ।
उनका अनुसार युवा, पुरुष, महिला, प्रौढ लगायतका उमेर समूहका सर्वसाधरणहरुले रक्तदान गरेका थिए । तिलोत्तामा नगर उपशाखा रेडक्रसले यस अघि पनि विभिन्न किसिमका समाजिक कार्य तथा नागरिकका सरोकारसगँ सम्बन्धित विभिन्न किसिमका कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
रक्तदान कार्यक्रमबाट ५१ प्वाइन्ट रगत संकलन भएको कार्यक्रम संयोजक तथा सभापति टेकबहादुर थापाले जानकारी दिए । उनले एक थोपा रगतको कारण मृत्यु शैय्यामा पुगेको मानिसको जीवन बच्न सक्ने भन्दै रक्तदान कार्यमा सहभागी हुने सम्पूर्णलाई धन्यवाद दिए ।
कार्यक्रममा अध्यक्ष टेक बहादुर थापा, कुल प्रसाद लामिछाने , राम प्रसाद ढकाल, अर्जुन राज उपाध्याय,नव ज्योति युबा क्लब शंकरनगर , नेपाल तरुण दल तिलोत्तमा, शान्ती नमुना मा बि मणिग्राम तथा विभिन्न समाजसेवी बुद्दिजिवि युवा युवती लगायतको सहभागिता थियो ।
प्रकाशित मिति : शनिबार, बैशाख १३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्