अपहरण मुद्दा दर्ता गर्न पुगे जनता समाजवादी पार्टीका नेता काठमाडौं प्रहरी परिसर

अपहरण मुद्दा दर्ता गर्न पुगे जनता समाजवादी पार्टीका नेता काठमाडौं प्रहरी परिसर

काठमाडौं । जनता समाजवादी पार्टीका शीर्ष नेताहरु आफ्ना सांसद डा। सुरेन्द्र यादवको अपहरण गरेको भन्दै मुद्दा दर्ता गर्न काठमाडौं महानगरीय प्रहरी परिसर, टेकु पुगेका छन्। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी आईजीपी सर्वेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकको मुद्दा दर्ता गर्न जनता समाजवादी पार्टीका शीर्ष नेताहरु काठमाडौं महानगरीय प्रहरी परिसर, टेकु पुगेका हुन्।

अपहरणमा परेका भनिएका पूर्वस्वास्थ्य राज्यमन्त्री यादवसँगै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, उपेन्द्र यादव लगायत प्रहरीकोमा पुगेका छन्। तर, परिसर प्रमुख एसएसपी श्यामराज ज्ञवाली भने कार्यालयमा छैनन्। एसएसपी ज्ञवालीले आफू मिटिङमा रहेको भन्दै केही समयमा आइपुग्ने जानकारी गराएपछि जसपाका नेताहरू परिसरमै उनलाई पर्खिरहेका छन्।

प्रकाशित मिति : आइतबार, बैशाख १४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij