सबैसंग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता

सबैसंग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता

बुटवल -प्रदेश ५ का समाजिक विकास मन्त्री सुर्दशन बराललले सबै क्षेत्र र पक्षको सुझाव र सल्लाहलाई आत्मसाथ गर्दै सरकार अघि बढ्ने बताउनु भएको छ । उहांले कोरोनाको संक्रमणको सुरुवाती चरणमा काम गर्दा केही कमीकमजोरी भएपनि आगामी दिनमा थप सुधार गरेर अघि बढ्ने बताउनु भयो । संवाद सचिवाललयले आईतबार आयोजना गरेको भर्चुवल सवादका क्रममा उहांले यस्तो बताउनु भएको हो ।
उहांले समाजिक विकास मन्त्रालयलाई शुरुवाती चरणमा निकै वढि चाप र दौडधुप भएको भन्दै सबैको सहयोगमा विस्तारै सबै व्यवस्थीत बन्दै गएको दावी गर्नु भयो । सांसदहरुको प्रश्नको जवाफ दिदै मन्त्री वरालले अगामी दिनमा अझै वढि जिम्मेवार र रचनात्मक ढंगले कार्य सम्पादन अघि बढाउने बताउनु भयो ।
सो अवसरमा संसदको सार्वजनिक लेखा समितिका सभापती डिल्ली चौधरीले सरकार पुर्व तयारीका सन्द्रभमा चुकेको भन्दै अव पनि सबै पक्षलाई समेटेर अघि बढ्नु पर्ने सुझाव राख्नु भयो । कांग्रेसका सभासद समेत रहनु भएका चौधरीले तथ्याक संकलन र क्वारेन्टाईनका विषयमा पनि प्रभावकारी काम नभएको गुनासो गर्नु भयो । उहांले सार्वजनिक लेखा समितिले पनि सरोकार पक्ष र मन्त्रीहरुलाई राखेर लकडाउनका वेला पनि घचघचाउने काम गरिरहेको बताउनु भयो ।
सो अवसरमा जनता समाजवादी पार्टिका साभासद सन्तोष पाण्डे हरेकले आ आफुनो जिम्मेवारी पुरा गरेमा विपदको समापना गर्न सकिने बताए । उनले सरकारको मात्र मुख ताकेर नेता घरमा बस्न नहुने तर्क पेस गरे ।
त्यस्तै नेकपाका साभासद थान कुमारी थापाले सरकारले दिएको जिम्मेबारी आफुहरुले पुरा गरेको बताउदै अहिले आरोप प्रत्यारोप भन्दा पनि सबै मिलेर भाईरस विरुद्ध लडुनु पर्ने बताउनु भयो ।
उहांले यस्तो विलामा पनि महिला हिंसा र वलत्कारका घटना सार्वजनिक भैरहेको भन्दै सचेत हुन र दोषिलाई कडा कारवाही गर्न सरकारसंग माग गर्नु भयो ।
कार्यक्रममा संवाद सचिवालयका वरिष्ठ सहजकर्ता शुशील बस्नेत, बुटवलस्थीत सहजकर्ता विक्रम खड्का र संवाद सचिवालयका निर्देशक चन्द्र वहादुर चौधरी लगायतले धारणा राख्नु भएको थियो । संवाद समुहले जिल्ला जिल्लामा निरन्तर सरोकारवला पक्षहरुसंग सवाद गर्दै आईरहेको छ ।

प्रकाशित मिति : सोमबार, बैशाख १५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij