भरतपुर कोरोना विशेष अस्पतालमा अख्तियारको छापा

भरतपुर कोरोना विशेष अस्पतालमा अख्तियारको छापा

चितवन – भरतपुर कोरोना विशेष अस्थायी अस्पतालमा अख्तियार दुरुपयोग अनुसान्धान आयोग हेटौडाको टोलीले छापा मारेको छ । अनियमितता भएको आशंकामा आयोगले छापा मरेको हो । अस्पतालमा आर्थिक अनियमितता गरिएको आशंका समेत गरिएको छ ।

प्रदेश सरकारले अस्पताल सञ्चालनका लागि एक करोड रुपैयाँ सहयोग गरेको थियो ।

रातको समयमा कर्मचारीले सामान ओसारेको सीसीटीभी फुटेज बाहिरिएपछि सामग्रीको अनियमितता भएको आशंका पनि गरिएको छ । अस्पतालमा कार्यरत कर्मचारीले सामान चोरी गरेको आरोप लागेको छ । आरोप लागेपछि भरतपुर कोरोना नियन्त्रण कार्यदलले छानबिन समिति समेत बनाएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका प्रमुख शिवकुमार कार्कीको नेतृत्वमा आएको टोलीले अस्पतालका कागजपत्रहरु नियन्त्रणमा लिएको छ ।

प्रारम्भिक चरणको अनुसन्धान सुरु भएको जानकारी दिँदै उहाँले कागजपत्र संकलन गर्ने काम भएको जानकारी दिनुभयो ।

छानबिन समितिका अध्यक्षद्वारा राजीनामा 

छानबिन समितिका संयोजक उद्योग संघ चितवनका अध्यक्ष राजु पौडेलले आफूले काम गर्नुअघि नै घटनाका सम्बन्धमा राजनैतिक हिसाबले टिकाटिप्पणी र सूचना आदानप्रदान भएकोले गैर राजनैतिक संस्था उद्योग संघको अध्यक्षको हैसतले उक्त समितिमा रहेर काम गर्नु संघको भावना विपरीत हुने भन्दै राजीनमा दिएको बताउनुभएको छ ।

प्रकाशित मिति : मंगलबार, बैशाख १६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij