लकडाउन’का कारण मानिस घरमै बस्दा सरुवा राेगकाे जाेखिम घट्याे : विशेषज्ञ

लकडाउन’का कारण मानिस घरमै बस्दा सरुवा राेगकाे जाेखिम घट्याे : विशेषज्ञ

काठमाण्डाै – कोरोना रोकथाम तथा नियन्त्रणको लागि लकडाउन चलिरहेकाले मानिस घरमै बस्दा केही सरुवा रोगको जोखिम कम भएको छ । घरमै स्वास्थ खानेकुरा खाने गर्नाले पनि यो बेलामा सुरु हुने टाइफाइड, झाडापखालालगायतका रोगमा कमी आउने सरुवा रोग विशेषज्ञले बताएका छन् ।

घरबाहिर निस्किएपछि बाहिरका खानेकुरा खाइँदा सरुवा रोगको जोखिम धेरै हुने भए पनि यसपालि कम भएको सरुवा रोग विशेषज्ञ शेरबहादुर पुनले बताउनुभयो । तर पनि लामखुट्टेको टोकाइबाट हुने डेङ्गीलगायतबाट जोगिन भने ख्याल गर्न उहाँको सुझाव छ ।

एडिज इजिप्टाई जातको लामखुट्टेले डेङ्गी भएका व्यक्तिलाई टोकेर अरुलाई टोकेमा यो रोग सर्दछ । यो प्रजातिको लामखुट्टेले सफा पानीमा अण्डा पार्ने भएकाले पानी जम्ने ठाउँ, साना खाल्डामा सफा पानी धेरै दिनदेखि जमेर बसेको भए यस्ता ठाउँहरुमा सफा गर्न उहाँले आग्रह गर्नुभयो ।

सुरुमा बिरामीहरुमा धेरै टाउको दुख्ने, ज्वरो आउने, रिङ्गटा लाग्ने, जीउ, हात दुख्ने, आँखाको गेडी दुख्ने, शरीरको मासु पूरै दुख्ने डेङ्गीकाे लक्षण हो ।

अर्का सरुवा रोग विशेषज्ञ अनुप बासतोलाका अनुसार यो रोग तीन चरणमा देखिन्छ । क्लासिक डेङ्गी ज्वरो, डेङ्गुगी हेमोरेजिक ज्वरो र डेङ्गुगी शक सिन्ड्रोम ।

क्लासिक डेङ्गी सामान्य प्रकारको डेङ्गी हो, यो आफै निको हुन्छ तर डेङ्गी हेमोरेजिक ज्वरो वा डेङ्गी शक सिन्ड्रोम भएको छ भने यसको सही र समयमै उपचार नगरे ज्यान पनि जान सक्छ । डेङ्गीका कारण फोक्सोमा पानी जम्ने, पेटमा पानी जम्ने, रक्तश्राव हुने, मिर्गाैला खराब हुने, एक पटक डेङ्गी भइसकेको मानिसमा धेरै जोखिम हुने भएकाले बेलैमा ख्याल गर्न उहाँको सुझाव छ ।

डेङ्गीबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्नु नै मुख्य उपाय हो । यसका लागि घरवरपर पानी जम्ने खाल्डाखुल्डी पुर्ने, घर नजिक कुनै पनि झाडी नराख्ने, लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्नुपर्छ । लामखुट्टे धपाउने धुप वा क्रिम प्रयोग गर्ने, झ्याल ढोकामा जाली राख्ने, शरीर पूरै ढाक्ने कपडा लगाउने र सरसफाइमा ध्यान दिनुपर्नेमा डाक्टरहरुले जोड दिएका छन् ।

प्रकाशित मिति : बिहिबार, बैशाख १८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij