आजको मौसम अधिकांश क्षेत्रमा बदली हावाहुरी र असिनासहित वर्षाको सम्भावना

आजको मौसम अधिकांश क्षेत्रमा बदली हावाहुरी र असिनासहित वर्षाको सम्भावना

काठमाडौं । अहिले देशभर स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशको मध्य र पूर्वी भू–भागमा पूर्ण बदली रहि पश्चिमी भू-भागमा आंंशिक वदली रहेको छ । देशको पूर्वी भू-भागका केहि स्थानहरुमा मेघ गर्जन रचट्याङसहित वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशको मध्य र पूर्वी भू-भागका साथै पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि अन्य भू-भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू-भागका केहि स्थानहरुमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पश्चिमी र पूर्वी तराईमा हावाहुरीको सम्भावना पनि रहेको छ ।

आज राती पहाडी भू-भागमा सामान्य बदली तथा पूर्वी तराइमा आंशिक बदली रही वाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका पश्चिमी र पूर्वी पहाडी भू-भागका केहि स्थानहरुमा र मध्य भू-भागका एक, दुई स्थानहरुमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : शनिबार, बैशाख २० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij