बुटवल –प्रदेश नं ५ मा नेपाली काँग्रेसका सांसद वसिउद्दिन खाँले कोरोना भाइरस रोकथामका दक्षिणी सिमानाकाहरुमा विशेष निगरानी बढाउनका साथै त्यस क्षेत्रमा आवश्यक स्वास्थ्य सामाग्री र परिक्षणलाई तिव्रता दिनको लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
शुक्रवार रुपन्देहीको दक्षिणी क्षेत्र कोटहीमाईका २७ वर्षिय एक पुरुषमा कोरोना संक्रमण देखिएपछि त्यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद खाँले आज प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेललाई भेटेर ध्यानाकर्षण पत्र बुझाउदै सिमाक्षेत्रमा खटिने सुरक्षाकर्मिलाई र स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने स्वास्थ्य तथा सुरक्षा सामाग्रीको व्यवस्था मिलाउनुका साथै कम्तिमा १ करोडको विमाको व्यवस्था गर्न माग गर्नु भएको छ ।
सांसद खाँले अहिलेको समय खेतीपातीको समय भएकोले कृषकलाई आवश्यक पर्ने धानको विउ र मलको व्यवस्थापन समयमै गर्न पनि सरकारलाई आग्रह गर्नुभएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री पोखरेलले कोरोना भाइरसको उपचारमा आवश्यक पर्ने सामग्री पठाउने र विउ र मलको व्यवस्थापन छिट्टै गर्ने आश्वासन दिएको सांसद खाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : आइतबार, बैशाख २१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्