टीका खरेल
सैनामैना
रुपन्देहीमा एक कोरोना सङ्क्रमित व्यक्ति फेला परेपछि सैनामैना नगरपालिकाले थप कडाई गर्दै दक्षिण भेगमा उच्च सर्तकता अपनाउने भएको छ ।
नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीको अध्यक्षतामा आज बसेको विपद व्यवस्थापन तथा राहत कोषको बैठकले वडा नं ४ स्थित मुर्गिया– लुम्बिनी सडक र वडा नं ७ स्थित कलौनी– लुम्बिनी सडकको दक्षिण नाकामा कडा निगरानी गर्ने निर्णय गरेको छ ।
वडा नं ४ स्थित मुर्गिया– लुम्बिनी सडक र वडा नं ७ स्थित कलौनी– लुम्बिनी सडकबाट मधेस क्षेत्रका र भारततर्फबाट आउने व्यक्तिको आवातजावत वढी भएकोले सो निर्णय भएको नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले जानकारी दिनुभयो ।
उहाँले बन्दाबन्दीको उल्लंघन हुन नदिन वडामा वडाध्यक्षको संयोजकत्वमा जनप्रतिनिधि, समाजसेवी र प्रहरी सहितको संयुक्त अनुगमन गस्ती टोली गठन भएको उल्लेख गर्दै नगरपालिकाभित्रका प्रत्येक टोलमा वडासदस्य, टोल विकास संस्थाका अध्यक्ष र स्थानीय क्लब तथा आमा समूहका प्रतिनिधि रहेको तीन सदस्य अनुगमन समिति समेत निर्माण भएको बताउनुभयो ।
उक्त बैठकले नगरपालिकाभित्रका सामूदायिक वनभित्रका वनमा अनाधिकृत प्रवेशमा समेत रोक लगाउदै दैनिक उपभोग्य वस्तुको बिक्री वितरण गर्न विहान ८ बजेदेखि ३ बजेसम्म पसल खुला राख्ने निर्णय गरेको छ ।
कृषकलाई चाहिने आवश्यक मल र बिउको प्रबन्ध मिलाउने निर्णय समेत गरिएको सैनामैनाका प्रमुख प्रशासकीय अधिकृत टेक राज पन्थीले बताउनु भयो । धान बाली लगाउने समय आएकोले कृषि शाखा मार्फत कृषिकलाई सुरक्षित तरिकाले बिउ खाध उपलब्ध गराउने समेत योजना रहेको पन्थीले बताउनु भयो ।
प्रकाशित मिति : सोमबार, बैशाख २२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्