लन्डन ।
संयुक्त अधिराज्य बेलायतले नोभेल कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जारी गरिएको लकडाउन सहज बनाउने तीन चरणको योजना बनाएको छ ।
द टाइम्स न्युज पेपरका अनुसार बेलायतले मार्च अन्तिमदेखि सुरु भएको लकडाउनलाई सहज बनाउने तीन चरणको योजना बनाएको छ । दी टाइम्सका अनुसार सरकारले लकडाउनका उपायहरु बिहीबार समीक्षा गर्नुपर्ने भए पनि लकडाउन खुकुलो बनाउँदा दोस्रो लहरको कोरोना संक्रमणको प्रकोप फैलिनसक्नेप्रति प्रधानमन्त्री बोरिस जोन्सनले चिन्ता व्यक्त गरेका छन् ।
लकडाउन खुकुलो बनाउने तीन चरणको योजनाअन्तर्गत पहिलो चरणमा साना पसलहरु र घरबाहिर काम गर्न दिइने बताइएको छ । दोस्रो चरणमा ठूलो सपिङ सेन्टरहरु खुला गरिने र मानिसहरुलाई काम गर्न प्रेरित गर्नुपर्ने बताइएको छ ।
तेस्रो चरणमा पब, होटलहरु, मनोरञ्जन केन्द्र र विश्रामस्थलहरु खुला गरिने भएको छ । लन्डन । संयुक्त अधिराज्य बेलायतले नोभेल कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जारी गरिएको लकडाउन सहज बनाउने तीन चरणको योजना बनाएको छ ।
द टाइम्स न्युज पेपरका अनुसार बेलायतले मार्च अन्तिमदेखि सुरु भएको लकडाउनलाई सहज बनाउने तीन चरणको योजना बनाएको छ । दी टाइम्सका अनुसार सरकारले लकडाउनका उपायहरु बिहीबार समीक्षा गर्नुपर्ने भए पनि लकडाउन खुकुलो बनाउँदा दोस्रो लहरको कोरोना संक्रमणको प्रकोप फैलिनसक्नेप्रति प्रधानमन्त्री बोरिस जोन्सनले चिन्ता व्यक्त गरेका छन् ।
लकडाउन खुकुलो बनाउने तीन चरणको योजनाअन्तर्गत पहिलो चरणमा साना पसलहरु र घरबाहिर काम गर्न दिइने बताइएको छ । दोस्रो चरणमा ठूलो सपिङ सेन्टरहरु खुला गरिने र मानिसहरुलाई काम गर्न प्रेरित गर्नुपर्ने बताइएको छ ।
तेस्रो चरणमा पब, होटलहरु, मनोरञ्जन केन्द्र र विश्रामस्थलहरु खुला गरिने भएको छ ।
प्रकाशित मिति : बुधबार, बैशाख २४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्