तिलोत्तमा नगरपालिकाले युवाहरुलाई लक्षित गरि सहुलियत पुर्ण कर्जा दिने

तिलोत्तमा नगरपालिकाले युवाहरुलाई लक्षित गरि सहुलियत पुर्ण कर्जा दिने

बुटवल
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले युवाहरुलाई लक्षित गरि सहुलियत पुर्ण कर्जा दिने भएको छ ।उत्पादनसग जोडिन चाहने युवा शक्तिलाई लक्षित गरि उक्त कार्यक्रम ल्याएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले सहुलियतपुर्ण कर्जाको लागि प्रस्ताव आह्वान गरेको हो ।उक्त कर्जा लिन कुनैपनि धितो राख्नुपर्ने छैन ।
नगरपालिकाले तरकारी, फलफुल, च्याउ तथा जडिबुटी, पशुपालन मत्स्यपालन, नगदेबाली लगायतका क्षेत्रलाई कर्जा प्रबाहको प्राथमिकताको क्षेत्रको रूपमा तय गरेको छ ।
त्यसैगरी घरेलुु तथा कुटिर उद्योग र अन्य स्वरोजगारका क्षेत्रहरुलाई समेटिएको र यसबाट नगरभित्रका युवाहरु लाभान्वित हुने अपेक्षा गरिएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिनुभयो ।
कर्जा बापत चारलाख रुपैया प्राप्त गर्ने उधमीले व्याज रकम तीन महिनामा र सावाँ रकम पाँच बर्ष भित्र भुक्तानी गरिसक्नु पर्ने शर्त राखिएको छ ।
उक्त कर्जा बापत पुरुषले बार्षिक ४।५० प्रतिशत र महिलाले ३।५० प्रतिशत व्याज भुक्तानी गर्नुपर्ने शर्त राखिएको छ ।
साथै कर्जा प्राप्त गर्ने युवा १८ बर्षदेखी ५० बर्ष उमेरको हुनुपर्ने र कुनैपनी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएको हुन नहुने नगरपालिकाले जनाएको छ ।
साथै महिला, दलित, पछाडी पारिएको वर्ग र समुदाय, वैदेशिक रोजगार बाट फर्किएकाहरुलाई प्राथमिकता दिने नगरपालिकाले जनाएको छ

प्रकाशित मिति : बुधबार, बैशाख २४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij