JanataToday.com

Advertisment

SKIP THIS

तिलोत्तमा नगरपालिकाले युवाहरुलाई लक्षित गरि सहुलियत पुर्ण कर्जा दिने

तिलोत्तमा नगरपालिकाले युवाहरुलाई लक्षित गरि सहुलियत पुर्ण कर्जा दिने

बुटवल
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले युवाहरुलाई लक्षित गरि सहुलियत पुर्ण कर्जा दिने भएको छ ।उत्पादनसग जोडिन चाहने युवा शक्तिलाई लक्षित गरि उक्त कार्यक्रम ल्याएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले सहुलियतपुर्ण कर्जाको लागि प्रस्ताव आह्वान गरेको हो ।उक्त कर्जा लिन कुनैपनि धितो राख्नुपर्ने छैन ।
नगरपालिकाले तरकारी, फलफुल, च्याउ तथा जडिबुटी, पशुपालन मत्स्यपालन, नगदेबाली लगायतका क्षेत्रलाई कर्जा प्रबाहको प्राथमिकताको क्षेत्रको रूपमा तय गरेको छ ।
त्यसैगरी घरेलुु तथा कुटिर उद्योग र अन्य स्वरोजगारका क्षेत्रहरुलाई समेटिएको र यसबाट नगरभित्रका युवाहरु लाभान्वित हुने अपेक्षा गरिएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिनुभयो ।
कर्जा बापत चारलाख रुपैया प्राप्त गर्ने उधमीले व्याज रकम तीन महिनामा र सावाँ रकम पाँच बर्ष भित्र भुक्तानी गरिसक्नु पर्ने शर्त राखिएको छ ।
उक्त कर्जा बापत पुरुषले बार्षिक ४।५० प्रतिशत र महिलाले ३।५० प्रतिशत व्याज भुक्तानी गर्नुपर्ने शर्त राखिएको छ ।
साथै कर्जा प्राप्त गर्ने युवा १८ बर्षदेखी ५० बर्ष उमेरको हुनुपर्ने र कुनैपनी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएको हुन नहुने नगरपालिकाले जनाएको छ ।
साथै महिला, दलित, पछाडी पारिएको वर्ग र समुदाय, वैदेशिक रोजगार बाट फर्किएकाहरुलाई प्राथमिकता दिने नगरपालिकाले जनाएको छ

प्रकाशित मिति : बुधबार, बैशाख २४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij