सिंहदरबारको निषेधित क्षेत्रमा चिनियाँको प्रदर्शन, डीएसपीसहित केही घाइते

सिंहदरबारको निषेधित क्षेत्रमा चिनियाँको प्रदर्शन, डीएसपीसहित केही घाइते

काठमाण्डौ – आफ्नो देश फर्कन पाउनुपर्ने मागसहित चिनियाँ नागरिकले सिंहदरबारको मूल गेटमा प्रदर्शन गरेका छन् ।झण्डै ५० जनाको संख्यामा रहेका चिनियाँले सिंहदरबारको निषेधित क्षेत्र तोडेको र लकडाउनको उल्लंघन गरेको भन्दै प्रहरीले बल प्रयोग गरेपछि झडप भएको छ । झडपमा सिंहदरबार प्रभागका प्रहरी नायब उपरीक्षक डीएसपी हरिबहादुर बस्नेत घाइते हुनुभएको छ ।

केही चिनियाँ पनि घाइते भएको महानगरीय प्रहरी कार्यालयका एसएसपी किरण बज्राचार्यले उज्यालोलाई जानकारी दिनुभयो । आजै दिउँसो उनीहरु प्रधानमन्त्री निवास बालुवाटार प्रदर्शनको लागि गएकोमा प्रहरीले भगाएको थियो । अहिले उनीहरु सबैलाई पक्राउ गरिएको पनि बज्राचार्यले बताउनुभयो ।

प्रकाशित मिति : शुक्रबार, बैशाख २६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij