गाँजा बरामद गरेको विषयमा विवाद, चितवनको चौकी डाँडामा हवाई फायर

गाँजा बरामद गरेको विषयमा विवाद, चितवनको चौकी डाँडामा हवाई फायर

चितवन ।
चितवनको राप्ती नगरपालिका वडा नम्बर ५ चौकी डाडाँमा प्रहरीले शुक्रबार राती हवाई फायर गरेको छ ।

राप्ती नगरपालिका वडा नम्बर १२ बाट ३४ केजी गाँजा बरामद गरेर ल्याउदै गर्दा स्थानियले अवरोध गरेपछि प्रहरीले एक राउण्डहवाई फायर गरेको जनाएको छ ।

यता स्थानियले भने प्रहरीको नै मिलेमतोमा गाँजा तस्कर भइरहेको खबर आएपछि अवरोध गरेको बताएका छन् ।

प्रहरीले सोहि उद्देश्यले पक्राउ गरेर ल्याएको गाँजा भएको भए प्रहरीको गाडीमा नल्याई अर्को गाडीमा किन ल्याएको भन्दै विरोध गरेका थिए ।

स्थानीय अवरोध गरेपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेर गाडी लगेको थियो ।

प्रहरीले आफ्नो गाडी प्रयोग नगरी रत्ननगर नगरपालिकाले लकडाउनको समयमा इलाका प्रहरी कार्यालय टाँडीलाई चलाउन दिएको बा १२ च २७१ नम्बरको गाडीमा गाँजा ल्याएको थियो ।

स्थानियले अवरोध गर्ने क्रममा प्रहरीले प्रयोग गरेको गाडी र इलाका प्रहरी कार्यालय भण्डाराको बा १ झ ७४६५ नम्बरको गाडीमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।

झडपको क्रममा प्रहरी चार जनालाई नियन्त्रणमा लिएको छ । झडपको क्रममा तीनजना प्रहरी समेत घाइते भएका छन् ।

प्रकाशित मिति : शनिबार, बैशाख २७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij