भारतीय दूतावासअगाडि प्रदर्शन गर्न हिँडेका विद्यार्थी पक्राउ

भारतीय दूतावासअगाडि प्रदर्शन गर्न हिँडेका विद्यार्थी पक्राउ

काठमाडौं
भारतीय दूतावासअगाडि प्रदर्शन गर्न पुगेका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपा को भातृ संगठन अनेरास्ववियूका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। भारतले नेपालका भूमि अतिक्रमण गरेको भन्दै काठमाडौंस्थित भारतीय दूतावासअघि विरोध प्रर्दशन गर्न हिँडेका विद्यार्थीहरुलाई लैनचौर नपुग्दै उत्तरढोकाबाट प्रहरीले पक्राउ गरेको हो। विरोध प्रदर्शनमा सहभागी करिब ३० जना विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको हो। विद्यार्थीहरुले प्रहरीले धरपकड गरेको भन्दै प्रहरीविरुद्ध नाराबाजी गरेका थिए। विद्यार्थीहरुले ब्याक अफ इण्डिया भन्दै चर्को नारा लगाएका थिए। उनीहरुले भारतीय सेनाविरूद्ध पनि नारा लगाएका थिए। भारतले मिचेर उसैलेसमेत विवादित भनेर स्वीकार गरेको पश्चिम सीमा क्षेत्रस्थित लिपुलेकसहित नेपाली भूमिमा सडक बनाएर शुक्रबार उद्घाटन गरेपछि नेपालमा विरोध सुरू भएको हो।

प्रकाशित मिति : शनिबार, बैशाख २७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij