काठमाण्डौ
कोरोना भाइरसको सङ्क्रमण बढेपछि कपिलवस्तु जिल्लालाई जेठ ५ गतेसम्म सिल गर्ने निर्णय भएको छ ।
जिल्ला सुरक्षा समितिको बैठकले आज बेलुकी ५ बजेदेखि जेठ ५ गतेसम्म जिल्लाका सबै नाका बन्द गर्ने निर्णय गरेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभयो ।
पछिल्लो समय भारतबाट लुकेर आउने क्रम बढेको र भारतबाटै आएका व्यक्तिमा नै कोरोना सङ्क्रमण भेटिएको भन्दै सुरक्षा समितिले जिल्लाका सबै नाका बन्द गर्ने निर्णय गरेको हो । प्रशासनले तरकारी र खाद्यान्न किनमेलका लागि बिहान ७ बजेदेखि ९ बजेसम्म समय छुट्याएको उहाँले बताउनुभयो ।खाद्यान्न बोकेका गाडी, एम्बुलेन्स र शव वाहनलाई भने चल्न दिने बैठकले निर्णय गरेको छ । कपिलवस्तुमा अहिलेसम्म १५ जनामा कोरोना सङ्क्रमण भेटिएको छ ।

प्रकाशित मिति : सोमबार, बैशाख २९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्