काठमाण्डौ
कोरोना भाइरसको सङ्क्रमणबाट बच्न खैनी, चुरोट र सुर्तीजन्य पदार्थ छोड्न सरकारले आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटले अरु व्यक्तिको तुलनामा धूम्रपान, खैनी तथा सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्तिलाई कोरोनाको जोखिम धेरै रहेको भन्दै कोरोनाबाट बच्न यी अम्मललाई छोड्न आग्रह गर्नुभएको हो ।
उहाँले यी अम्मल छोड्दा फोक्सो तथा मुटुले पहिलेभन्दा राम्रो काम गर्ने, रोगसँग लड्ने क्षमता बढाउने, अप्रत्यक्षरुपमा परिवारका सदस्यलाई पनि फाइदा हुने भएकाले अहिलेको अवस्थालाई धूम्रपान छाड्ने मौकाको रुपमा लिन आग्रह पनि गर्नुभयो ।
यस्तै नेपालमा दुई महिनाको शिशुदेखि ८१ वर्षको वृद्धासम्मलाई कोरोना भएको र धेरै जना २० देखि ५० वर्ष उमेर समूहका रहेको भन्दै उमेरले कोरोना नछेक्ने भएकाले मलाई केही पनि हुँदैन भनेर अति विश्वास नगर्न पनि डाक्टर देवकोटाले आग्रह गर्नुभयो ।
वयस्क, तन्दुरुस्त भएको भन्दै हेलचेक्र्याइँ गर्दा कोरोना फैलिन सक्ने भएकाले सावधानी अपनाउन पनि उहाँको सुझाव छ ।
प्रकाशित मिति : सोमबार, बैशाख २९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्