JanataToday.com

Advertisment

SKIP THIS

भारतीय अतिक्रमण विरुद्ध नेविसंघ सिद्धार्थनगरको प्रदर्शन

भारतीय अतिक्रमण विरुद्ध नेविसंघ सिद्धार्थनगरको प्रदर्शन

 

भैरहवा

भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोबर जाने सडक बनाएको भन्दै नेपाल विद्यार्थी संघले भैरहवामा विरोध प्रदर्शन गरेको छ । सीमा मिचिँदा पनि थाहा नपाएझैं गरी चुप लागेर बस्ने वर्तमान सरकारको कार्यले थप शसंकित बनाएकोले विरोध प्रदर्शनमा उत्रिएको नेविसंघ सिद्धार्थनगर समितिका सभापति प्रतिक भण्डारीले बताउनु भएको छ ।

नेविसंघ सिद्धार्थनगरले बुद्धचोक, नारायणस्थान, मिलनचोक, देवकोटाचोक, बैंकरोड लगायतका स्थानमा विरोध प्रदर्शन गरेको जनाएको छ ।
विरोध कार्यक्रममा बोल्दै नेविसंघका निवर्तमान केन्द्रीय सदस्य लेखनाथ भट्टराईले सरकारले कुटनीतिक पहलमार्फत सीमा समस्याको समाधानतर्फ ध्यान नदिए भोलिका दिनमा अझ कडा संघर्षमा उत्रिन बाध्य हुने बताउनु भयो । भटटराइले भारतले नेपालको भूमि लिपुलेक हुँदै चीनको मानसरोवर पुग्ने सडक निर्माण गरी उद्घाटन गर्दा पनि सरकार चुप बसेको आरोप लगाउनु भयो । वर्तमान सरकारले सीमा समस्या समाधानमा ध्यान नदिए सरकारको आयु समाप्त हुने दावी समेत विधार्थी नेताहरुले गरेका छन ।

प्रकाशित मिति : सोमबार, बैशाख २९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij