बुटवल
प्रदेश नंं ५ मा एकै दिन २३ जना कोरोना संक्रमित थपिएका छन । कपिलबस्तुमा सबैभन्दा धेरै १६ जना,रुपन्देहीमा ६ जना र बर्दियामा एक जना कोरोना संक्रमित भेटिएका हुन । रुपन्देही र कपिलबस्तुको क्वारेन्टाइनमा रहेकाको स्वाव परिक्षणकालागि राष्ट्रिय प्रयोगशाला काठमाण्डौमा पठाइएकोमा पिसीआर टेष्टमा कारोना पोजेटिभ देखिएकोअस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका निर्देशक तथा प्रदेशको कोरोना फोकल पर्सन डा उमाशंकर प्रसाद चौधरीले बताए । यससंगै प्रदेश नं। ५ मा कोरोना संक्रमितका सख्या ५३ पुगेको छ । सोमबार भेटिएका रुपन्देही र कपिलबस्तुका २२ जना सबै पछिल्लो एक सतायता लुकिछिपी भारतबाट नेपाल पसेका हुन ।
रुपन्देहीका ६ जना संक्रमित मध्ये ४ जना सम्मरीमाइ गाँउपालिका र २ जना लुम्बिनी सांस्कृतिक नगरपालिकाका हुन । उनीहरु २४,२६,२७,३०,३२ र ४० बर्षका पुरुष हुन । उनीहरु भारतको दिल्ली र बम्बैबाट फर्केका हुन । उनीहरु करिब दश÷बाह्र दिन अघि लुकेर नेपाल पसेको सम्बन्धित क्वारेन्टाइनका स्वास्थ्य इन्चार्जहरुले बताएका छन । यी दुवै पालिका भारतसंग सिमा जोडीएका पालिका हुन । सम्मरीमाइ गाँउपालिकाको वडा न १ का दुइ जना र वडा न ४ का दुइ जना छन । चारै जना भारतको बम्बैबाट फर्केका हुन । करिब दश दिन अघि सम्मरीमाइकै मुडिला नाकाबाट उनीहरु रातको समयमा लुकेर नेपाल पसेका थिए । भारतबाट फर्केका लुम्बिनी साँस्कृतिक नगरपालिकाका दुइ जना भने कपिलबस्तुको सिमानाकाबाट नेपाल पसेको नगरपालिकाले जनाएको छ ।
त्यस्तै कपिलबस्तुमा १६ जना कोरोना संक्रमित भेटिएका छन । ती मध्ये यशोधरा गाँउपालिकाका १२ जनार ४ जना बुद्ध भुमीनगरपालिकाका हुन । संक्रमितहरु १६ बर्षदेखि ४०बर्ष उमेर समुहका छन । कपिलबस्तुका संक्रमितहरु पनि पछिल्लो दश दिन यता भारतबाट लुकेरै नेपाल पसेको जिल्ला स्वास्थ्य कार्यालय कपिलबस्तुका प्रमुख योगन्द्र भगतले बताए । बर्दियाको राजापुरकी एक ११ बर्षे बालिकामा पनि कोरोना संक्रमण देखिएको छ । ती बालिका आफनो मामाघर कैलाली गएकी थिइन । केहीदिन अघि उनी आफनी हजुरआमा संग कैलालीबाट बर्दिया फर्कीएपछि बर्दियामै दुबै जनालाइ क्वारेन्टाइनमा राखीएको थियो । दुवै जनाको स्वाव परिक्षणकालागि पठाइएकोमा हजुरआमाको रिर्पोट नेगेटिभ आएपनि बालिकामा भने कोरोना पोजेटिभ देखिएको बर्दियाको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यससगै प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ५३ पुगेको छ । प्रदेशमा पहिलो पटक बैशााख १९ गते रुपन्देही र नेपालगञ्जमा एक÷एक जनामा कोरोना पोजेटिभ देखिएको थियो । त्यसयता संक्रमितको सख्या बढेर ५३ पुगेको छ । बाँकेमा २४ जना कपिलबस्तुमा २१जना,रुपन्देहीमा ७ जना र बर्दियामा १ जना कोरोना संक्रमित भेटिएका हुन । पछिल्लो समय भारतका कोरोना फैलीरहेका शहरबाट फर्केका नेपालीहरु लुकेर नेपाल पस्ने क्रम बढेको छ । त्यसरी लुकेर पस्नेहरुमा नै धमाधम कोरोना संक्रमण देखिएको छ ।
प्रकाशित मिति : सोमबार, बैशाख २९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्