काठमाण्डाै – सरकारले कोरोना रोग रोकथाम, नियन्त्रण र उपचारको अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षामा ध्यान दिन अनुरोध गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आफू सुरक्षित रहेमात्रै बिरामीलाई सेवा दिन सकिने भएकाले उच्च सुरक्षा उपनाउन आग्रह गर्नुभयो ।
व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) र कोरोना परीक्षणकाे किट सरकारसँग पर्याप्त रहेकाले यसको उपयोग गरेर सुरक्षित रहन उहाँले स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो ।
सरकारले कोरोनाविरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीका परिवार र आफन्तको कन्ट्याक्ट ट्रेसिङ गरेर कोरोना जाँच गर्ने पनि डाक्टर देवकोटाले जानकारी दिनुभयो ।
प्रकाशित मिति : बुधबार, बैशाख ३१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्