विराटनगर- नेपालमा शुक्रबार बिहान थप ९ जनामा कोरोना पुष्टि भएको छ ।
यो सँगै कोरोना भाइरस संक्रमितको संख्या २ सय ५८ पुगेको छ ।
नेपालगञ्जमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य मन्त्रालयले विहान जारी गरेको विज्ञप्ति अनुसार बाँके नैनापुर वडा १, ३ र ५ का १८ देखि ३६ वर्षीय पुरुषहरुमा संक्रमण देखिएको छ ।
बाग्मती प्रदेशको मकवानपुरमा समेत भाइरसको संक्रमण देखिएको छ ।
मकवानपुरका ३७ वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ २ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्