काठमाण्डौ
सरकारले सबैखाले जमिनलाई खेर जान नदिने र कृषि उत्पादन बढाउने नीति कार्यान्वयनमा ल्याउने भएको छ । आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा रसायनिक मल, उन्नत मल र बिउको आपूर्ति सहज बनाउने र किसानको उत्पादनको बजार सुरक्षित गर्ने उल्लेख छ ।
सरकारले हरेक किसानलाई सम्बन्धित पालिकामा सूचीकरण गर्ने र आवश्यकताअनुसार अनुदान दिने भएको छ । कृषक हुनुमा गर्व हुने अवस्था ल्याउने, कृषि उत्पादनको लागि आवश्यक बाटो, बिजुली, शीतभण्डार र बिक्री केन्द्रलगायत सेवा पुर्याउने उल्लेख छ ।
एउटा प्रयोजनको लागि एउटै तह या निकायबाट मात्रै अनुदान दिने र अनुदानमा भएको दोहोरोपन हटाउने पनि राष्टपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रममार्फत घोषणा गर्नुभएको छ ।
प्रकाशित मिति : शुक्रबार, जेष्ठ २ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्