जुम्लीया दाजुभाई लव र कुश पन्थीले निर्माण गरे गो कोरोना रोवोट

जुम्लीया दाजुभाई लव र कुश पन्थीले निर्माण गरे गो कोरोना रोवोट

बुटवल ।
रोबोटको अनुसन्धान र निर्माण गर्दे आएका बुटवलका जुम्लीया दाजुभाई लव र कुश पन्थीले निर्माण गरेको गो कोरोना रोवोट सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गरिएको छ ।आईसोलेशन अस्पतालमा भर्ना भएका कोभिड १९ का संक्रमित विरामीहरुको हेरचाह गर्ने उदेश्यले निर्माण गरेको उक्त रोवोर्ट लवकुस पन्थीले सामाजिक विकास मन्त्री सुदर्शन वराललाई शनिवार हस्तान्तरण गर्नुभयो । सफ्वेयर र एप वाहेक रोवोट निर्माणको लागि झण्डै ७० हजार रुपैया खर्च भएको कुश पन्थीले बताउनु भयो ।
कोरोना भाइसरको संक्रमणको महामारी शुरु भएपछि अस्पतालमा नर्सको काम रोवोटले गर्न सक्छ भन्ने सोचले रोवोट वनाएको लव पन्थीले बताउनु भयो । सामाजिक विकास मन्त्री सुदर्शन बरालले लवकुशको कोरोना रोवोट बनाउने सोच नै समयसापेक्ष र नया सोच भएको बताउदै यसको विकासले नर्सले काममा सघाउने विश्वास दिलाउनु भयो । उहांले भन्नुभयो –लवकुश दाजुभाईको क्रियसन निकै लाभदायिक लाग्यो मन्त्रालयले उहांहरुलाई हौषला दिएको छ दिन्छ ।’ लककुशको प्रस्तावलाई स्वीकार गरी मन्त्रालयले रोवोट निर्माणको सम्पुर्ण खर्च वेहोर्ने भएको छ । मन्त्री वरालले युवाहरुको नयां–नयां खोज र अनुसन्धानलाई मन्त्रालयले सधै हौषला प्रदान गर्ने बताउनु भयो ।

प्रकाशित मिति : शनिबार, जेष्ठ ३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij