कोरोनाबारे नागरिकको मत : ‘लकडाउन’ र परीक्षण दुवै बढाऊ

कोरोनाबारे नागरिकको मत : ‘लकडाउन’ र परीक्षण दुवै बढाऊ

काठमाण्डौ
नागरिकले कोरोना भारइरसको सङ्क्रमणलाई फैलिन नदिन लकडाउनलाई कडा बनाउन र परीक्षणको दायरा बढाउन सरकारलाई सुझाव दिएका छन् ।
शेयरकास्टले देशभरिका दुई हजार दुई सय ८९ व्यक्तिसँग टेलिफोन सम्पर्क गरी सर्वेक्षण गर्दा ५४ प्रतिशत उत्तरदाताले सरकारले लकडाउनलाई कडा बनाउनुपर्ने धारणा राखे भने ४५ प्रतिशत उत्तरदाताले परीक्षणको दायरा तत्काल बढाउनुपर्ने बताएका छन् ।
लकडाउनको सात हप्ता नागरिक के भन्छन्, के गर्दैछन् भन्ने मत सर्वेक्षणको नतिजा अनुसार २७ प्रतिशत उत्तरदाताले भारत तथा तेस्रो देशबाट घर फर्किन चाहनेलाई व्यवस्थित रुपमा आउन दिनुपर्ने विचार व्यक्त गरेका छन् ।
सर्वेक्षणमा संलग्न भएकामध्ये ५३ प्रतिशत उत्तरदाताले स्वास्थ्य जाँच वा अति आवश्यक किनमेलबाहेक लकडाउनमा घरबाट बाहिर ननिस्केको बताएका छन् । २८ प्रतिशतले यस अवधिमा एकदेखि पाँच पटक, ९ प्रतिशतले पाँचदेखि १० पटक घरबाट बाहिर निस्केको बताए ।
लकडाउनको सात हप्तामा ६० प्रतिशत उत्तरदाताले दैनिक उपभोग्य सामान किन्न समस्या भएको बताएका छन् । काम नभएकोले आर्थिक समस्या बढेका जवाफ दिनेमा ५४ प्रतिशत छन् । नियमित काम वा रोगजारी गुमेको कारण १७ प्रतिशतले चिन्ता बढेको र १० प्रतिशतले कोरोना भाइरसको डरले चिन्ता बढेको बताएका छन् ।
सर्वेक्षणमा सातवटै प्रदेशका सहभागी उत्तरदातामध्ये ५१ दशमलव ६० प्रतिशत महिला र ४८ दशमलव ४० प्रतिशत पुरुष थिए । सर्वेक्षणको लागि तथ्याङ्क सङ्कलन गएको वैशाख २६ र २७ गते गरिएको थियो ।

प्रकाशित मिति : शनिबार, जेष्ठ ३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij