रौतहट र बारामा ९ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३०४ पुग्यो

रौतहट र बारामा ९ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३०४ पुग्यो

काठमाडौं – रौतहट र बारामा सोमबार विहान ९ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जना कोरोना संक्रमित भेटिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रौतहटको इशनाथ नगरपालिका– २, ३, ६, र ९ नम्बर वडाका निवासी २१, २१, २३, २५, २९, ३० वर्षका पुरुष र माधवनारायण नगरपालिका ३ निवासी २८ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै बाराको करैयामाई ५ का ३८ वर्षका पुरुषमा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

 

प्रकाशित मिति : सोमबार, जेष्ठ ५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij