रोट्रयाक्ट बुटवल डाउनटाउनद्वारा भित्तेपात्रो बिमोचन

रोट्रयाक्ट बुटवल डाउनटाउनद्वारा भित्तेपात्रो बिमोचन

बुटवल – सामाजिक कार्यहरुमा अग्रसर रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनले २०७७ सालको भित्ते पात्रो बिमोचन गरेको छ । क्लबले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत विभिन्न महत्त्वपूर्ण कार्यक्रमहरु गरिरहेको सन्दर्भमा सबै कार्यक्रमलाई समेटिएको फोटाे सहितको क्यालेन्डर प्रकाशन गरेको क्लबका अध्यक्ष मधु भट्टराईले बताए ।

प्रमुख अतिथि यवम क्लबका संस्थापक हिमाल गैरेले क्यालेन्डर बिमोचन गर्दै क्लबले यो बर्ष समाज सेवाका लागी अतुलनीय धेरै कार्यक्रमहरु सम्पन्न गरेकोमा खुसी प्रकट गर्दै हामी संस्थापकहरुलाई क्लब प्रति अझै बढी जिम्मेवार साथै गौरब बढाएकोमा खुशी व्यक्त गरे। कोभिड १९ को माहामारीमा समाजका दुखी गरिबहरुको करिब ३०० परिवारमा यस क्लबले गरेको सहयोग मानव सेवाको लागि एउटा ठुलो उदाहरण रहेको गैरेले बताउनु भयो ।

विशिष्ट अतिथि राेटरियन भानु के सि ले राेट्याकट् डाउन टाउन समाजमा धेरै प्रभावकारी कार्य गरेकोमा विशेष आभार प्रकट गर्नुभयो, राेटरि बुटवल डाउन टाउन का पन्कज ज्ञवालि , शम्भु भट्टराई,ले मन्न्तब्य राख्दै क्लबले गरेका काम को प्रसंशा गरे ।पुर्ब अध्यक्ष कमल थापाले कोविद १९ को यो अवस्थामा पनि क्लबले क्यालेन्डर प्रकाशन गर्न सकेकोमा बधाई दिदै क्लबले गरेका सबै काम को प्रसंशा गरे ।राेट्याकट्ले बर्ष भरि गरेका महत्त्वपूर्ण कार्यक्रमका फोटाेहरु , क्लब पदाधिकारी सहितका फोटाेहरु समाबेश गरि केही ढिला गरि क्यालेन्डर प्रकाशित गर्न सफल भयेकोमा सहयोगी सबैलाई प्रकाशन समितीका सम्योजक क्लबका सचिब सौरभ भुसालले धन्यवाद दिए ।

प्रकाशित मिति : सोमबार, जेष्ठ ५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij