आज थप ५३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३ सय ५७ पुग्यो

आज थप ५३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३ सय ५७ पुग्यो

काटमाडौ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा थप ५३ जनामा कोरोना देखिएको जानकारी दिइएको हो ।
मन्त्रालयका अनुसार बाँकेमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पतालस्थित प्रयोगशालामा १ सय ९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
जसमा ४६ जना पुरुष र एक जना महिलामा कोरोना देखिएको हो ।
यसैगरी विराटनगरमा थप एक जनामा कोरोना पुष्टि भएको छ । यस्तै गुल्मी, धनुषा, रौतहट, दाङ र धादिङका एक जनामा कोरोना देखिएको हो ।
उनीहरू सबै १८ वर्षदेखि ४६ वर्ष उमेरसमूहका रहेका छन् ।
यससँगै कोरोना संक्रमितको संख्या ३ सय ५७ पुगेको छ । जसमध्ये २ जनाको मृत्यु भएको छ भने ३६ जना निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : सोमबार, जेष्ठ ५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij