रुपन्देहीमा एक जना र कपिलवस्तुमा थप १२ जनालाई कोरोना संक्रमण पुष्टि

रुपन्देहीमा एक जना र कपिलवस्तुमा थप १२ जनालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं ।
कपिलवस्तु र रुपन्देहीमा फेरि १३ जना कोरोना संक्रमित थपिएका छन् ।
बुधबार रुपन्देहीमा एक जना र कपिलवस्तुमा थप १२ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुको कोरोना संक्रमण पुष्टी भएको स्रोतले बताएको छ ।
कपिलवस्तुमा ६ जना महिला र ६ पुरुषमा कोरोना संक्रमण देखिएको कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जसमध्ये विजयनगर गाउँपालिकाका ३ जना र महाराजगञ्ज नगरपालिकाका ९ रहेका छन् ।भारतबाट बेलहिया नाका हुँदै नेपाल आएर प्रदेश सरकारले क्वारेन्टाइनमा राखेका व्यक्तिलाई कोरोना संक्रमण देखिएको बुझिएको छ ।
स्वास्थ्य मन्त्रालयले थप संक्रमितको औपचारिक पुष्टि गर्न भने बाँकी नै रहेको छ ।

हालसम्म प्रदेश नं५ मा कोरोना संक्रमितको संख्या १८७ पुगेको छ । खुला सिमाना र कमजोर क्वारेन्टाइन व्यवस्थापनकै कारण प्रदेश ५ मा कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेको छ ।
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४१९ पुगेको छ । यसमध्ये २ जनाको मृत्यु भएको छ, ३७ जना निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : बुधबार, जेष्ठ ७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij