क्रिमशन अस्पतालका १९ जना छाँया पोलिक्लिनिकका १० जना स्वास्थ्यकर्मी को कोरोना रिर्पोट नेगेटिभ

क्रिमशन अस्पतालका १९ जना छाँया पोलिक्लिनिकका १० जना स्वास्थ्यकर्मी को कोरोना रिर्पोट नेगेटिभ

बुटवल
रुपन्देहीको क्रिमशन अस्पतालवाट लगिएको स्वाब मध्ये १९ जनाको कोरोना परीक्षण रिर्पोट नेगेटिभ आएको छ । अस्पतालवाट २९ जनाको स्वाब परीक्षणका लागि लगिएकोमा १० जनाको आउन वाँकी रहेको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख राजेन्द्र गिरीले बताउनु भयो ।उनिहरुको पिसिआर परिक्षण गरिएको हो ।
त्यस्तै अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्वर १ मा रहेको छाँया पोलिक्लिनिकका १० जना स्वास्थ्यकर्मी र कर्मचारीको स्वाब परीक्षणको रिर्पोट पनि नेगेटिभ आएको छ ।
गुल्मीको मदाने गाउँपालिका पुर्कोटदह घर भएका ४१ वर्षिय पुरुषकको वैशाख ३१ गते दिउँसो ३ बजे ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि उपचारको लागि सन्धिखर्कको छाँया पोलिक्लिनिकमा उपचार गरि थप उपचारका लागि जेठ १ गते रुपन्देहीेको क्रिमशन अस्पताल ल्याईएकोे थियो ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका ५ मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचाररत विरामीमा कोभिड १९ संक्रमित देखिएपछि कोरोना संक्रमित देखिएको क्रिमशन र उपचार गराएर गएको भन्ने खुलेपछि दुवै अस्पताल सिल गरिएको थियो । कोरोना परीक्षणको लागी भैरहवामा १० जनाको स्वाब पठाइएकोमा सबैको रिर्पोट कोरोना नेगेटिभ आएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय बरालले जानकारी दिनु भयो ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ ८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij