अम्पुन आँधीबाट भारत र बंगलादेशमा १६ जनाको मृत्यु

अम्पुन आँधीबाट भारत र बंगलादेशमा १६ जनाको मृत्यु

नयाँ दिल्ली ।

पूर्वी भारत र बंगलादेशको जमिनमा ठोक्किएको शक्तिशाली आँधी अम्पुनका कारण १६ जनाको मृत्यु भएको छ ।

समाचार एजेन्सी एएफपीका अनुसार यी दुई मुलुकमा आएको आँधी अहिलेसम्मकै शक्तिशाली आँधी हो । बंगालको खाडीबाट विकसित भएको आँधीका कारण भारतको पश्‍चिम बंगाल, ओडिसा र बंगलादेशमा हावाहुरीसहित भारी वर्षा गराएको छ ।आँधीका कारण यी प्रभावित क्षेत्रमा सयौं रुखहरु ढलेका छन्, हजारौं घरहरुमा क्षति पुगेको छ भने लाखौं मानिसहरु यसबाट प्रभावित भएका छन् । भारतीय अधिकारीहरुका अनुसार कोरोना भाइरस महामारीकाबीच उत्‍पन्‍न विपत्तीमा मानिसहरुलाई प्रभावित क्षेत्रबाट उद्धार गरेर स्थानान्तरण गर्नु निकै ठूलो चुनौतीको काम हो ।

समाचार एजेन्सी रोयटर्सका अनुसार पश्‍चिम बंगालमा १६५ किलोमिटर प्रतिघण्टाको गतिमा आँधि आइरहेको छ भने समुद्री छाल पाँच मिटरको उचाईसम्म छल्किरहेका छन् ।

पश्‍चिम बंगालका मुख्यमन्त्री ममता बेनर्जीका अनुसार तीव्रगतिको आँधीका कारण प्रभावित क्षेत्रका सम्पर्कहरुसमेत प्रभावित भएका छन् । उनले अहिलेसम्म १० जनाको मृत्यु भएको पुष्टि गरेकी छन् । – बीबीसी

प्रकाशित मिति : बिहिबार, जेष्ठ ८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij