थपिए ३ जना, बांकेमा २ र कपिलवस्तुमा १ जनामा कोरोना संक्रमण

थपिए ३ जना, बांकेमा २ र कपिलवस्तुमा १ जनामा कोरोना संक्रमण

काठमाडौं ।

नोभेल कोरोना भाइरसका थप तीन जना संक्रमित फेला परेका छन् ।

भेरी अस्पताल नेपालगन्‍ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको पीसीआर परीक्षणका क्रममा तीन जनामा कोरोना पुष्टि भएको हो ।

यसअघि बिहीबार बिहान १७ जना र दिउँसो ९ जना र त्यसपछि एकजनामा कोरोना संक्रमण देखिएको थियो । बिहीबार मात्रै ३० जनामा कोरोना देखिएको हो ।

त्यसैगरी आज दिउँसो दाङका ३७ वर्षका पुरुषमा कोरोना देखिएको  थियो ।

नयाँ संक्रमित थपिनेमा बाँकेको नरैनापुर गाउँपालिका-३ का ३२ वर्षीय पुरुष, खजुरा-३ की ४२ वर्षीया महिला र कपिलवस्तु सुद्दोधन गाउँपालिकाकी १९ वर्षीय किशोर रहेका छन् ।

हालसम्म कुल कोरोना संक्रमितको संख्या ४५७ पुगेको छ ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ ८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij