चितवन
चितवनमा थपिएका नयाँ कोरोना संक्रमित (५२ वर्षीय पुरुष) केशरबाग दम्पतीकै जेठो छोरा रहेको खुलेको छ ।
शुक्रबार संक्रमित भरतपुर महानगरपालिका –६ केशरबाग निवासी दम्पतीका जेठो छोरा रहेको भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीले कालिका एफ.एमलाई जानकारी दिनुभयो। हाल उनीहरु तीनै जनाको कोरोना अस्पतालमा उपचार भैरहेको छ ।
सङ्क्रमित तीनै जना भारतको दिल्लीबाट एम्बुलेन्समा आएका थिए। दिल्लीस्थित राजिव गान्धी अस्पतालमा क्यान्सरको उपचार गराएर यही जेठ ३ गते एम्बुलेन्स परिवर्तन गरी घर फर्किएका थिए। योसंगै चितवनमा संक्रमित हुनेको संख्या ६ पुगेको छ । ६ मध्ये दुई जना निको भएर घर र्फकिएका छन् भने अर्का सङ्क्रमित पनि उपचाररत रहेका छन्।
प्रकाशित मिति : शनिबार, जेष्ठ १० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्