पूर्वराज्य मन्त्री दुर्योधनको अन्तिम दाहसंस्कार सम्पन्न ,

पूर्वराज्य मन्त्री दुर्योधनको अन्तिम दाहसंस्कार सम्पन्न ,

बुटवल ।
पूर्वराज्य मन्त्री तथा नेपाली कांग्रेसका महासमिति सदस्य दुर्योधन सिंह चौधरीको आज अन्तिम दाहसंस्कार गरिएको छ ।
उहाँकै निवासमा नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक प्रदेश सभासद रमा अर्याल,सचिव रामकृष्ण खाँड, पुर्व सभापति रामचन्द्र ढकाल, क्षेत्रीय सभापति मातृका यादव बुटवल नगर सभापति खेलराज पाण्डे नेपाली काँग्रेसका नेताहरु दिपक क्षेत्री न्यौपाने ,चिरन्जीवि पौडेल लगायत सयौ नेता तथा कार्यकताको उपस्थितीमा पार्टीको झण्डा औढाएर अन्तिम श्रद्धाञ्जली दिईएको थियो । श्रद्धाञ्जली सभामा पार्टी सभापति रज्जाकले पार्टीको होनहार यौद्धाको निधनले पार्टीमा अपुर्णनिय क्षेति भएका भन्दै यो दुखको क्षणमा १ सातासम्म पार्टीको जिल्ला तथा सवै कार्यालयमा पार्टीको झण्डा झुकाउने र सात दिन सम्म कुनै पनि औपचारीक कार्यक्रम नगर्ने जानकारी गराउनु भयो ।
श्रद्धाञ्जली सभा पछि ओमसतिया गाउँपालिकाको सिलौटिया घाटमा उहाँको अन्तिम दाहसंस्कार गरिएको हो । दाहसंस्कार कार्यक्रममा पार्टीका सवैतह र तप्काकासयौं नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता दुर्योधनसिंह चौधरी नेपाल शिक्षक संघ रुपन्देहीका पूर्व अध्यक्ष समेत भै काम गर्नु भएको थियो् ।
चौधरीको निधनले सिङ्गो नेपाली कांग्रेसलाई ठुलो क्षतिपुगेको छ ।
काँग्रेस रुपन्देहीका नेता एवम् पूर्व राज्यमन्त्री चौधरीको बुटवलको शुक्रवार गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा उपचारको क्रममा निधन भएको हो । उनी विगत २० वर्षदेखि मधुमेहबाट पीडित चौधरी गत वर्षदेखि मुटुमा समस्या देखिएको थियो ।
२०२८ मा कांग्रेसबाट राजनीतिक यात्रा सुरु गरेका चौधरी ०४८, ०५१ र ०५६ को आमनिर्वाचन गरी तीन पटक रुपन्देही क्षेत्र नं १ बाट सांसद र ०५२, ५३ र ५७ गरी तीनपटक मन्त्री भएका थिए ।
नेपालका विभिन्न प्रजातान्त्रिक आन्दोलनमा होमिएका चौधरीले भारतमा निर्वा्सित जीवन र स्वदेशमा जेल जीवन बिताएका थिए ।
उनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा उल्लेखनीय योगदान पुराउनु भएको त्यागी नेताका रुपमा परिचित व्यक्ति हो ।

प्रकाशित मिति : शनिबार, जेष्ठ १० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij