काठमाण्डौ
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्री ओलीले सोमबार अपराह्न साढे ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने हुनुभएको हो ।
प्रधानमन्त्री ओलीको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने तय भएको छ । ५ बजे मन्त्रिपरिषद्को बैठक बस्ने र साढे ५ बजे प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीको सम्बोधन देशमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न र समसामयिक विषयमा केन्द्रित रहने बताइएको छ ।
प्रकाशित मिति : सोमबार, जेष्ठ १२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्