काठमाडौं- नेपालमा थप १२ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ७ सय १ पुगेको छ ।
मंगलबार बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १ मा एक जना, वडा नम्बर २ मा एक महिलासहित ५ जना, वडा नम्बर ३ मा एक जना, वडा नम्बर ६ मा एक जना पुरुषमा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जानकारी दिएको छ ।
यस्तै सुर्खेतको भेरीगंगा नगरपालिका ८ मा १६ र १७ वर्षीय दुईजना पुरुषमा र सिम्ता गाउँपालिका(४ मा ३५ र ४९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सबै जना स्वास्थ्यकर्मीको सम्पर्कमा भएको जनाएको छ । योसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या २३ पुगेको छ ।
त्यस्तै अहिलेसम्म ११२ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति : मंगलबार, जेष्ठ १३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]