पश्चिम रुकुमकोमा भएको नरसंहार विरुद्ध बुटवलमा प्रदर्शन

पश्चिम रुकुमकोमा भएको नरसंहार विरुद्ध बुटवलमा प्रदर्शन

 

बुटवल-पश्चिम रुकुमको चौरजहारीमा भएको नरसंहार विरुद्ध बुधबार बुटवलमा प्रदर्शन गरिएको छ । स्वत स्फूर्त रुपमा दलित नागरिक अगुवा, मानवअधिकारकर्मी र आम नागरिकहरुको सहभागितामा जाजरकोटका नवराज विक सहितको नरसंहारको छानविन गरि दोषीलाई कारवाहीको माग गर्दै प्लेकार्ड सहितको विरोध प्रदर्शन गरिएको हो । रुकुम हत्यामा संलग्नलाई कारवाही गर, जातीय विभेदमाथिको बर्बरता कहिलेसम्म ? दलितमाथिको विभेद अन्त्य गर, रुकुम घटना पिडितलाई न्याय दे, अजित मिजार, नवराज विक र रुपन्देहीका अङगिरा पासीको हत्या कहिलेसम्म ? जस्ता प्लेकार्ड सहित अधिकारकर्मी, आम नागरिकहरु प्रदर्शनमा उत्रेका थिए । बुटवल पुष्पलालपार्कको मुख्य सडक क्षेत्रमा करिव १ सय मिटरको क्षेत्रसम्म सामाजिक दुरी कायम गर्दै मौन रुपमा प्लेकार्ड लिएकाहरुले जातीयताका नाममा हुने विभेद स्विकार गर्न नसकिने भन्दै संविधानको रक्षा गर्न सरकारले ध्यानआकर्षण गराए । उक्त अवसरमा पश्चिम रुकुम घटनाका सन्दर्भमा बोल्दै संविधानसभाका सदस्य तथा राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडीले रुकुम घटना जातीयताकै कारण भएको दक्षिण एसियाकै ठूलो नरसंहार भएको भन्दै अब अन्याय सहन नसक्ने बताए । उनले दरबार वा मन्त्रालयमा बसेर रुकुम घटनामा संलग्न दोषीलाई संरक्षण गर्न खोजिएपछि बुटवलका आम नागरिक स्वतस्फूर्त रुपमा कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन हुँदा पनि बाध्य भएर सडकमा उत्रनुपरेको बताए । संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न माओवादी जनयुद्धको चौरजहारीमा सामूहिक रुपमा हत्या गरिनु निकै ठूलो लज्जाको बिषय भएको उनले बताए । उनले रुकुम घटना पासविक घटना भएको अवस्थामा राजनितिक संरक्षण भए सरकारले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए । उक्त अवसरमा दलित अभियान्ता नरबहादुर सुनारले दलित समुदायमाथि रुकुम पश्चिमको घटनाले मानव हुनुकै अर्थ बिर्साएको भन्दै दोषीले न्याय नपाउदासम्म निरन्तर आन्दोलन गर्ने जानकारी दिए । प्लेकार्ड सहितको प्रर्दशनमा दलित नेता जोगलाल विश्वकर्मा, मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय बरिष्ठ उपसभापति गोविन्द खनाल, बरिष्ठ पत्रकार बालकृष्ण चापागाई, दलित अगुवाहरु जुद्ध विश्वकर्मा, हरिओम विश्वकर्मा, रामकुमार रणपाल, एमवि विश्वकर्मा, लोक बहादुर नेपाली, दीपक विश्वकर्मा, मनु खड्का लगायतको सहभागिता थियो । भेरी नगरपालिका–४ जाजरकोटका नवराज विक गत शनिबार रुकुम पश्चिम चौरजहारी सोती गाउँकी मल्ल थरकी एक युवतीलाई विवाह गर्न भन्दै लिन पुग्दा गाउलेको सामूहिक आक्रमणबाट हत्या भएको थियो । नवलरास सहित ४ जनाको शव भेरी नदीमा भेटिएको छ । बुधबार मात्रै लोकेन्द्र सुनारको शव फेला परेको छ । यसअघि नवलराज विक सहित गणेश बुढामगर र चौरहजारी नगरपालिका–१ टीकाराम सुनारको शव फेला परिसकेको छ । घटनामा भेरी नगरपालिका वडा नं ११ का १८ वर्षीय सञ्जु (सन्दीप) विक र १७ वर्षीय गोविन्द शाही अझै वेपत्ता रहेका छन् । गत शनिबार नै रुपन्देही देवदह ११ की एक दलित बालिकाको हत्या भएको भन्दै उक्त घटनाको समेत छानविन गरि दोषीलाई कारवाही गर्न प्रदर्शनमा माग गरिएको थियो ।

प्रकाशित मिति : बुधबार, जेष्ठ १४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij