सरकारको कमजोरका कारण कोरोना संक्रमण तीव्र रुपमा विस्तार भइरहेको कांग्रेसको आरोप

सरकारको कमजोरका कारण कोरोना संक्रमण तीव्र रुपमा विस्तार भइरहेको कांग्रेसको आरोप

काठमाडौँ
कांग्रेसले सरकारलाई राष्ट्रियताको मुद्दामा नियतको राजनीति नगर्न चेतावनी दिएको छ । साथै उसले सरकारलाई परिपक्व र जिम्मेवार पहलकदमी लिन पनि आग्रह गरेको छ ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको कमजोर तयारीका कारण कोरोना संक्रमण तीव्र रुपमा विस्तार भइरहेको आरोप लगाएका छन् । उनले सीमासम्बन्धी विषयमा अनुचित राजनीतिक प्रोपोगान्डाको बाटोमा सत्तापक्ष संलग्न हुनु दुखद भएको बताएका छन् ।
‘कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतको भूगोल नेपालको भू–भाग हुन् अतस् कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्छ र नेपालको निर्वाध हक ती भू–भागमा कायम हुनुपर्छ भनेर नेपाली कांग्रेसले विगतदेखि नै प्रस्ट धारणा राख्दै आएको छ । ती भू–भागलाई समेटेर सरकारले सार्वजनिक गरेको नक्साका पक्षमा नेपाली कांग्रेस रहेको जानकारी सर्वदलीय बैठक मार्फत दिइसकिएको छ,’ प्रवक्ता शर्माले भनेका छन् ।
यसबारे कांग्रेसले जेठ १७ गते केन्द्रीय समितिको बैठकबाट संस्थागत निर्णय गर्ने पनि प्रवक्ता शर्माले जानकारी दिएका छन् ।
महत्वपूर्ण राष्ट्रिय विषयमा साझा स्वामित्वबोधका साथ नेपाली कांग्रेसले केन्द्रीय समितिबाटै निर्णय गर्न खोज्दा त्यसले संसदको प्रक्रियालाई असर पर्नु पर्ने कुनै कारण नभएको शर्माले बताए । ‘एकातर्फ नेपाली कांग्रेसले ‘समय मागेको’ झुटको अभिव्यक्ति र अर्कातर्फ कांग्रेसको अनुरोधमा संशोधन प्रस्तावलाई कार्यसूचीबाट हटाइएको गोयबल्स शैलीको प्रोपोगान्डाप्रति हाम्रो गम्भीर आपत्ति छ,’ शर्माले भने । कम्युनिष्ट सरकारका केही मन्त्री र एक मुख्यमन्त्रीलाई नेपाली कांग्रेसको ‘सहायक प्रवक्ता’ नबन्न पनि प्रवक्ता शर्माले चेतावनी दिएका छन् ।
प्रदेश ५ का मुख्यमन्त्री तथा नेकपा नेता शंकर पोखरेलले नेपाली कांग्रेसको अनुरोधमा बुधबारको कार्यसूचीबाट संशोधन प्रस्ताव हटेको बताएका थिए । संशोधन प्रस्ताव फिर्ता नभएको र छिट्टै नै कांग्रेसको साथमा प्रस्ताव पास हुने उनले बताएका थिए ।
राष्ट्रिय एकताको बलमा नै सीमासम्बन्धी प्रश्नको हल गर्नुपर्ने कांग्रेसको प्रस्ट धारणा भएको पनि प्रवक्ता शर्माले बताए ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ १५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij