काठमाडौं- विश्वमा कोरोना संक्रमणका कारण हाल सम्ममा ३ लाख ६१ हजार ९ सय ९६ जनाको मृत्यू भएको छ ।
यो समाचार तयार पार्दा सम्ममा ५९ लाख ४ हजार २ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
वल्डोमिटर्सले प्रकाशित गरेको तथ्यांक अनुसार २५ लाख ७९ हजार ५ सय ५ जना निको भएर घर फर्किएका छन् ।
सर्वाधिक मृत्यु हुने देशको सूचीमा पनि अमेरिका अघि छ ।
त्यहाँ मृत्यु हुनेको संख्या १ लाख नाघेको छ ।
त्यस्तै, बेलायतमा ३७ हजार ९ सय १९, इटालीमा ३३ हजार १ सय ४२, फ्रान्समा २८ हजार ६ सय ६५ जनाको मृत्यु भइसकेको छ ।
नेपालमा पनि संक्रमितको संख्या १ हजार ४२ पुगेको छ ।
शुक्रबार बिहान सम्म ५१ जिल्लामा संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये ५ जनाको मृत्यु भएको छ भने १ सय ८७ जना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति : शुक्रबार, जेष्ठ १६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्