काठमाडौँ
नेपालमा आज (शनिबार) थप एक सय ८९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै कुल सङ्क्रमितको संख्या १ हजार चार सय १ जना पुगेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।
पछिल्लो २४ घण्टामा थप १८९ जनाका सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १८५ पुरुष र चार जना महिला सङ्क्रमण भेटिएको बताए ।
शनिबार देखिएको सङ्क्रमितको सङ्ख्या हालसम्मकै सबैभन्दा धेरै हो । यसअघि शुक्रबार १७० र बिहीबार १५६ जनामा सङ्क्रमण देखिएको थियो ।
प्रकाशित मिति : शनिबार, जेष्ठ १७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्