कपिलवस्तुमा एकै पटक थपिए ७७ जना कोरोना संक्रमित, संख्या पुग्यो २६५

कपिलवस्तुमा एकै पटक थपिए ७७ जना कोरोना संक्रमित, संख्या पुग्यो २६५

कपिलवस्तु

कपिलवस्तुमा एकै पटक ७७ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य कार्यालय कपिलवस्तुले शनिबार दिउँसो दिएको जानकारी अनुुसार आज एकै पटक यति धेरै संक्रमित थपिएका हुन् । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या २६५ पुगेको छ ।

शनिबार थपिने संक्रमितमा तीन स्थानीय तहका रहेका छन । जस अनुसार महाराजगन्ज नगरपालिका का बर्ष १६ देखि ४५ सम्मका ३३ जना पुरुष रहेका छन ।

कृष्णनगर नगरपालिकाका बर्ष १८ देखि ४५ सम्मका १६ जना पुरुष रहेका छन भने यशोधरा गाउँपालिकाका १६ देखि ४८ बर्षसम्मका २६ जना पुरुष र २५, १९ बर्षीय दुई जना महिला रहेका छन ।

शुक्रबार मात्र जिल्लाका चार स्थानीय तहमा गरी ५२ जना संक्रमित थपिएका थिए । पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको संख्यामा बृद्धि हुँदै जान थालेको छ ।

यता जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कोरोना संक्रमण फैलन नदिन जेष्ठ २० गतेसम्म जिल्ला सिल गरेपनि बैंक तथा वित्तीय संस्था खुल्ला गर्ने निर्णय गरिएको छ भने दैनिक दुई घण्टा अत्याश्वकीय पसल सञ्चालन गर्न लिने निर्णय गरेको छ । यो निर्णय आइतबार देखि लागु हुनेछ ।

प्रकाशित मिति : शनिबार, जेष्ठ १७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij