रुकुम हत्याकाण्डमा संलग्नलाई कारवाहीको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

रुकुम हत्याकाण्डमा संलग्नलाई कारवाहीको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

 

रुपन्देही- नेपाल दलित मुक्ति संगठनले पश्चिम रुकुमको चौरजहारीमा भएको हत्याकाण्डमा संलग्नलाई कारवाही गर्न माग गर्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाएको छ । छुवाछुतमुक्त राष्ट्रमा जातीयताकै कारण नरसंहार भएकाले सत्यतथ्य छानविनका लागि दलित आन्दोलनको प्रतिनिधित्व हुने गरि उच्च स्तरीय समिति गठन गर्न संगठनले माग गरेको छ । आईतबार मुख्यमन्त्री पोखरेललाई बुझाइएको ज्ञापनपत्रमा हत्या गरिएका ६ जना यूवाहरुलाई साँस्कृतिक सहिद घोषणा गर्नुपर्ने, मृतकका परिवारलाई न्यूनतम १० लाख क्षतिपूर्ती उपलब्ध गराउनुपर्ने, घाईतेको उपचार तथा १२ जनाको सुरक्षाको प्रत्याभूती दिलाउन माग गरिएको छ । रुकुम घटनाले २०६२÷६३ सालको जनआन्दोलन, छुवाछुतमुक्त राष्ट्र घोषणा र जातीय छुवाछुत कसुर र सजाय ऐनकै खिल्ली उडाएको संगठनले ठहर गरेको छ ।

संगठनले रुपन्देहीको देवदहमा १३ बर्षिय अंगिरा पासीको हत्या भएको भन्दै पिडितलाई न्याय दिलाउन समेत मुख्यमन्त्रीको ध्यानआकर्षण गराएको छ । ज्ञापनपत्र मुख्यमन्त्री पोखरेललाई संविधानसभा सदस्य विनोद पहाडी, संगठनका प्रदेश ५ संयोजक जोगलाल विश्वकर्मा, संगठनका पूर्व केन्द्रीय सदस्य तेज बहादुर सुनार, पूर्व केन्द्रीय सदस्य खड्क दर्नाल सहितको टोलीले बुझाएको हो । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री पोखरेलले रुकुम घटना जघन्य मानवता विरोधी घटना भएकाले यसमा संलग्न दोषीलाई कारवाही हुने विश्वास व्यक्त गरेका छन् । उनले रुकुम चौरजहारी घटना देशमै चर्चामा रहेको बिषय भएकाले राज्यले ध्यान दिएको बताए । घटनामा गैरदलित समुदायका यूवाहरुले समेत ज्यान गुमाएकाले समाजमा समताका साँेच पनि सँगै उनले रहेको बताए । नेकपाका स्थायी समितिका सदस्य समेत रहेका पोखरेलले दलित आन्दोलनले पहिचान र कानुनले सुधार गर्नेमा केन्द्रीत भएपनि त्यतिले मात्रै नपुग्ने यो घटनाले देखाएको बताए । उनले रुकुम चौरजहारी घटनाबारे आफ्नो गम्भिर चासो गएको बताउँदै दलित आन्दोलनले अझै पनि सामाजिक परिवर्तनको मुद्धालाई छाड्न नहुने बताए । उनले कानुनी रुपमा जातीय छुवाछुत अन्त्य गरिएपनि व्यवहारमा अझै सचेतना दिन आवश्यक रहेको बताए । मुख्यमन्त्री पोखरेलले रुपन्देही देवदहमा एक बालिकाको रहस्मय मृत्यूका सम्बन्धमा पनि प्रदेश सरकारको ध्यानआर्कषण भएको बताए । उनले बालिकाको रहस्मय रुपमा मृत्यू भएको बिषयमा सुरक्षा निकायलाई दोषीलाई कारवाहीको दायरामा ल्याउने गरि अनुसन्धान गर्न ध्यानआर्कषण गराइएको बताए । उक्त अवसरमा पूर्व सांसद विनोद पहाडीले रुकुम घटनासँगै लकडाउनका बेलामा मात्रै ३२ वटा जातीय छुवाछुतका घटना घटेकाले यसको अन्त्यका लागि सरकारले ठोस कदम चाल्नुपर्ने बताए । संगठनका प्रदेश ५ संयोजक जोगलाल विश्वकर्माले जनआन्दोलनपछि दलित भएकै कारण १८ जनाको निर्मम हत्या भएकाले सरकार संवेदनशिल बन्नुपर्ने बताए ।

 

प्रकाशित मिति : आइतबार, जेष्ठ १८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij