भीम अस्पतालबाट २५ जना कोरोना संक्रमित डिस्चार्ज

भीम अस्पतालबाट २५ जना कोरोना संक्रमित डिस्चार्ज

 

भैरहवा-भैरहवास्थित भीम अस्पतालमा बनाइएको कोरोना विशेष अस्पतालबाट २५ जना कोरोना संक्रमित निको भएर सोमबार डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका ५, गैडहवा गाउँपालिकाका १०, सिद्धार्थनगर नगरपालिकाका १, कपिलवस्त जिल्लाका ५, नवलपरासीका ३ र भारतका १ जना रहेको भीम अस्पतालका प्रवक्ता गोपाल उपाध्यायले बताए ।

डिस्चार्ज भएकालाई प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुर्दशन बराल, प्रदेशसभा सांसद सन्तोष कुमार पाण्डेय, जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्मा लगायत अस्पतालका स्वास्थ्यकर्मीहरुले खादा ओढाएर पुष्पगुच्छा दिएर विदाई गरेका हुन् ।

अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. नविन दर्नालका अनुसार निको भएर डिस्चार्ज हुनेहरु ४ वर्षदेखि ५० वर्ष उमेरका छन् । अस्पतालमा २० दिन बिताएका कोरोना संक्रमितहरु २४ घण्टाको अन्तरालमा पीसीआर रिपोर्ट निगेटिभ भएपछि डिस्चार्ज गरिएको डा. दर्नालले बताए । सुरुमा आउँदा उहाँहरु निकै हत्सोसाहित देखिनुहुन्थ्यो, समाजबाट बहिष्कृत भए जस्तै मर्ने हो कि बाँच्ने कि भन्ने अवस्थामा डराएजस्तो आउनुभएको जस्तो लाग्थ्यो, अहिले निकै खुशी भएर नाँच्दै गाउँदै जाँदै हुनुहुन्छ, उनले भने ।

लेभल वान कोभिड–१९ को रुपमा रहेको भीम अस्पतालको आइसोलेशन कक्षमा ५ वटा आइसीयू र २ वटा भेन्टीलेटरसहितको २७ बेड रहेको उनले जानकारी दिए । प्रदेश सरकारले ५० बेड क्षमताको बनाउन निर्देशन दिएको र निकट भविष्यमा ७७ बेडको कोरोना संक्रमित विरामीको उपचार गर्ने अस्पतालको रुपमा सञ्चालन हुने डा. दर्नालले बताए ।

सो अवसरमा बोल्दै सामाजिक विकास मन्त्री बरालले कोरोना संक्रमित विरामीलाई निको पानै खट्ने अस्पतालका मेसु, अस्पताल प्रशासन, डाक्टर र नर्सलाई धन्यवाद दिए । उनले प्रदेश ५ मा कोरोना संक्रमण निरन्तर बढ्दै गइरहेकोले आइसोलेशन सेन्टरलाई विस्तार गरिने काम भइरहेको बताए । उनले अधिकांश कोरोना संक्रमितहरु लक्षण बिनाको पाइएको बताए । धेरैजसो कोरोना संक्रमित विरामीहरु कोरोनासंग सम्बन्धित लक्षण नभएको हुनुहुन्छ, त्यसैले आत्तिहाल्नुपर्ने स्थिति छैन, संक्रमित सबैलाई माया र सदभाव व्यक्त गर्न आवश्यक छ, संक्रमितको उपचार गर्न सक्षम भएकोले आतंकित नभइ धैर्यता र संयमतापूर्वक प्रदेश सरकारका कामलाई सहयोग गर्न आग्रह गर्दछु, उनले भने ।

प्रदेश ५ मा ३५ हजार बढी नागरिकहरु क्वारेन्टाइमा रहेको मन्त्री बरालले जानकारी दिए । कोरोना संक्रमित भइ डिस्चार्ज हुने गोण्डा (भारत) का २८ वर्षिय पुरुषले भीम अस्पतालमा रहँदा डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीको राम्रो व्यवहारले कोरोना संक्रमित भए पत्तो नपाएको बताए । डाक्टर र नर्सको सहयोग घरमा आमाबाबुले गर्ने माया भन्दा कम नरेहको उनको भनाइ छ । उनले यस अस्पतालमा आउने कोरोना संक्रमित विरामी निको भएर जाने कुरामा आफु ढुक्क रहेको बताए । । आफु नवलपरासीमा भागवत (पूजा)का लागि आएका नेपाल आएको बेला कोरोना संक्रमण पुष्टी भएको उनले बताए ।

प्रकाशित मिति : सोमबार, जेष्ठ १९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij