बुटवल– मानव अधिकार तथा शान्ति समाजले २५ औं स्थापना दिवस रुकुमा भएको मानवीय नरसंहार विरुद्ध सडकमा विरोध प्रदर्शन गरेर मनाएको छ । शान्ति समाज रुपन्देही शाखाले रुपन्देहीको सैनामैनामा सडकमा जातीय रुकुममा भएको नरसंहारमा संलग्नलाई कारवाहीको माग गर्दै आफ्नो स्थापना दिवस मनाएको हो । शान्ति समाजसँगै उक्त स्थानमा संयुक्त दलित संघर्ष समिति रुपन्देहीले समेत विरोध प्रदर्शन गरेको छ ।निस्पक्ष छानविन र दोषीलाई कारवार्हिको गनुपर्ने बिभिन्न नारा लेखीएका प्लेकार्ड बोकेर सरकारको ध्यानआर्कषण गराएका थिए । मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय बरिष्ठ उपसभापति गोविन्द खनालले सामाजिक न्यायका पक्षमा आफूहरु निरन्तर प्रतिबद्ध भएर लागेको बताउँदै रुकुम घटनामा संलग्नलाई कारवाही नहुँदासम्म आन्दोलन जारी राख्ने बताए । सामाजिक न्याय, समानता र जातीय विभेदका विरुद्ध संघर्षमा रहेको बताए ।संविधानले जातीय विभेद उन्मूलन गरिएपनि समाजमा भएका विभेदका घटनाले समाजमा मुख देखाउन लायक नभएको बताए । उक्त विरोधसभालाई सम्बोधन गर्दै पूर्व सांसद विनोद पहाडीले माओवादी जनयुद्धको उदगम स्थलमा जातीयताका नाममा गरिएको गम्भिर अपराध विरुद्ध देशैभरका दलित समुदाय तथा मानवअधिकारकर्मी सडकमा उत्रेको बताए । राष्ट्रिय दलित पत्रकार संघ, नेपालका अध्यक्ष समेत रहेका पहाडीले रुपन्देही देवदहका १३ बर्षिय अंगिरा पासीको बलत्कारपछि हत्या भएको घटनामा संलग्नलाई उन्मुक्ति दिन खोजिएको विरोघ जनाए । उनले यस घटनामा संलग्नलाई जोगाउनका लागि संघीय संसदमा चलखेल भएको भन्दै दुस्साहीका विरुद्ध निरन्तर बोल्ने बताए । कार्यक्रममा शान्ति समाजका केन्द्रीय सदस्य, कृष्ण पंगेनी, नेपाली काँग्रेसका नेता फणिन्द्र शर्मा, शान्ति समाज रुपन्देहीका पूर्व अध्यक्ष लालहरि,सैनामैना नगरपालिकाका वडा न. ३ का अध्यक्ष रन बहादुर पौडेल, दलित अभियान्ता नरबहादुर सुनार, नेपाल कपडा तथा सिलाई व्यवसायी संघ रुपन्देही अध्यक्ष सुभाष परियार लागयत बोल्दै जातीय भेदभाव विरुद्ध एक्यबद्धता जनाउँदै यो राज्यकै समस्या भएको बताए । शान्ति समाज रुपन्देहीका सभापति डिपि खनाल अध्यक्षताले शान्ति समाजले स्थापना दिवस विगत बर्षहरुमा भन्दा अहिले लकडाउन र जल्दोबल्दो रुकुम घटना भएको यसको बिरोध स्वरुप कार्यक्रम गरेको बताए । सचिव अर्जुन ज्ञवालीले संचालनमा भएको थियो ।
प्रकाशित मिति : सोमबार, जेष्ठ १९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्