जुन १ अनि मेरा सपनाहरु

जुन १ अनि मेरा सपनाहरु

जेष्ठ महिनाको चर्को गर्मी,
दोहोर मकै गोडेर ,
मकैका पातहरुले भुइँ छोड्दै थिए ।
खेतमा बाझो जोत्ने, आलि कान्ला गर्न बाकी नै थियो ।
पालुवाहरु गाउँ पखेरा सुस्कुराउदै थिए ।
मनमा अजिब सपना जस्तो लाग्ने
बाध्याताको पहरामा,
एकाएक सपना अनि रहरहरुका बीचमा
मैले मेरो देशको नाममा
हरियो पासपोर्ट थमाएर
लामो यात्राको यात्री भएर
परिवारको खुशी र मेरो उज्ज्वल भविस्यको खोजी गर्दै मरुभूमिको लागेको त्यो दिन,
आजै जस्तो लाग्छ ।

मेरो त्यो बिदाइको क्षण
मेरो परिवार ,आफन्त अनि
साथी भाइ
कति नरमाइलो मानेर बिदा गरेका थिए ।

विहीनि मिर्मिरेमा मैले मेरो परिवार छोडे,
अनि अलि पर
कुम्ले खोलाको पुल कटे पछि
गाउँ छोडे जस्तो लाग्यो ।
मुग्लिनको पुल तरे पछि
अमिलो मन बनायो ।

काठमाडौ एयर्पोटमा
दाइहरु मलाई बिदाइ गरेर
फर्किए पछि
मेरो पाइलाहरु
क्रमश,
राजधानी उज्यालो शहर छोडेर
मैले मेरो देशको माटो पटक पटक फर्किएर हेर्दै हेर्दै
ठुलो जहाजमा पहिलो पटक बस्दा
खुसी भन्दा बढी
पिडा अनुभुती गर्दै
बेस्सरी मन भरी रोएको थिए ।

कतारमा जुन १ पहिलो दिन
जहाज बाट बाहिर निस्किदा ।
हप्पकै तापले मलाई छोप्दा ,
म आफै सग हराएको क्षण ।
प्रबास बसाइको अनुभव र अनुभुती साट्ने
र सगाउने दाइहरु प्रती आज पनि नतमस्तक छु ।

क्रमिक बित्दै गरेका समयहरु
कति सपना पूरा भए कति अधुरै रहे
तर यात्रा निरन्तर जारी रह्यो ।
आज जुन १
त्यो दिन मेरो मानसपटलमा ताजै छ ।
समयको रफ्तार सगै
प्रदेश बसाईको१३ औ बर्षको यात्रामा
कति रहरहरु छुट्टीए कति रित्तिए
तर
मन अझै उस्तै छ ।
लहलहाउदै छोडेको मकैका पातहरु
नमेटिएको सम्झना ।

हिजो एउटा छोराको जिम्मेवारी सगै
समयले आज म
श्रीमतीको लोग्ने छोरीको बाबू समेत भएको छु ।
समयले सम्बन्धहरु
परिवेशले जिम्मेवारीहरु थपिदै
नयाँ आकार र परिधिको निर्माण गर्दै,
कतार बसाइ र नेपाल
आउने जाने क्रम विश्राम लिएन ।

छोरीले सधै फोनमा
मलाई हात दोर्याएर स्कुल छोडन कहिले आउनु हुन्छ बाबा भन्दा मन भारी हुन्छ ।
प्रियसि मिनलका दिनको जोड घटाउमा गुणा
सगै आशुको ढोबहरु मा निथ्रुक हुन्छिन ।
आमाले धेरै भयो घर छोडेको अब आउन बाबू भन्दा मन बिचल्ली हुन्छ ।
तर पनि
मैले प्रदेश छोडन सकिन ।
मेरो पासपोर्टका पानाहरु कयौ अध्यागमनको छापहरु ले भरिए ।
तर
भरिएन सपनाको थानहरु
खुशी खोज्दै मरुभूमिमा यतै हराइ रहेको छु ।
थाहा छैन म विलीन हुन्छु वा फर्केर
खुसीको नयाँ उचाइ थप्छु ।
आज जुन एक स्मृतिमा
मेरो जिबनको सपना र चुनौतीको
संगीन मोडमा छु ।

  नबराज बिक हाल: कतार

 

प्रकाशित मिति : मंगलबार, जेष्ठ २० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij