‘अहिले कर बुझाउने अवस्था छैन, सरकारले निर्णय फिर्ता लिनुपर्छ’

‘अहिले कर बुझाउने अवस्था छैन, सरकारले निर्णय फिर्ता लिनुपर्छ’

 

नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश पाँच समितिले मुलुकमा लकडाउनको अवधिमा कर दाखिला गर्ने अवस्था नभएकाले उल्लेख गर्दै कर विवरण तथा कर दाखिला गर्ने निर्णय फिर्ता गर्न सरकारलाई आग्रह गरेको छ ।

सरकारले यहि जेठ २५ गते भित्र कर बुझाउनकालागि सूचना प्रकाशित गरेको छ । जेठको ३२ गतेसम्म मुलुकलाई लकडाउन घोषणा गर्ने र २५ गते भित्र कर बुझाउन भन्नु अव्यबहारिक निर्णय भएको उल्लेख गर्दै उक्त निर्णयलाई तत्कालै फिर्ता लिन आग्रह गरेको हो ।

नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश पाँच समितिले एक बिज्ञप्ती प्रकाशित गरि सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा पनि उद्योगी व्यबसायीलाई सम्बोधन नभएको र लकडाउनकै बिचमा कर दाखिला गर भन्नुले उद्योगी व्यबसायीलाई थप मारमा पार्ने काम भएको उल्लेख गरिएको छ ।

नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश पाँचका अध्यक्ष गुणनिधी तिवारीद्वारा हस्ताक्षरित विज्ञप्तीमा सरकारको निर्णय बमोजिम कर दाखिला गर्न सक्ने अवस्था नभएको उल्लेख गर्दै सर्बोच्च अदालतले समेत लकडाउनको समयलाई शुन्य समय मानेकाले उक्त निर्णय फिर्ता गर्न आग्रह गरिएको छ । उक्त निर्णय फिर्ता नभए उद्योगी व्यबसायी चरणवद्ध रुपमा आन्दोलनमा उत्रिन बाध्यहुने समेत चेतावनी दिईएको छ ।

प्रकाशित मिति : बुधबार, जेष्ठ २१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij