विज्ञहरूद्धारा विश्व स्वास्थ्य संगठनको गाइडलाइन अनुसार अघि बढ्न सरकारलाई सुझाव

विज्ञहरूद्धारा विश्व स्वास्थ्य संगठनको गाइडलाइन अनुसार अघि बढ्न सरकारलाई सुझाव

काठमाडौं । नेपालका विभिन्न क्षेत्रका विज्ञहरूले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को गाइडलाइन अनुसार अघि बढ्न सरकारलाई सुझाव दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनु भएको बिज्ञहरुसंगको परामर्श बैठकमा सहभागिहरुले डब्लुएचओको गनईडलाई अनुसार चल्न र त्यसको कार्यान्वयन गर्न विज्ञ टोली बनाउन प्रधानमन्त्रीलाई सुझाव दिएका थिए ।

प्रधानमन्त्री ओलीले लकडाउनको मोडालिटी र कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका बिषयमा राय माग्न बिभिन्न क्षेत्रका बिज्ञहरुलाई परामर्श बैठककालागि बोलाउनु भएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको छलफलमा लकडाउनको मोडालिटी परिवर्तन गर्नेबारे पनि छलफल गरिएको बताईएको छ ।

करिब ४ घण्टासम्म भएको छलफल उपलब्धिमूलक र फलदायी भएको प्रधानमन्त्री निकट स्रोतले दाबी गरेको छ । बैठकमा प्रधानमन्त्रीले सबै क्षेत्रका विज्ञबाट रायसुझाव माग गरेपछि विज्ञहरूले आफ्नो क्षेत्रका धारणा राखेका थिए ।

सरोकारवादा र विज्ञले दिएको सुझावलाई प्रधानमन्त्रीले सकरात्मक रुपमा लिदैं विज्ञ टोली बनाउने प्रतिबद्धता गरेको छलफलमा सहभागीले जनाएका छन् । जनतामा उत्प्रेरणा जगाउने कार्य राज्यले गर्नुपर्नेमा सबैको एकमत रहेको थियो । प्रधानमन्त्रीले फेरि पनि विज्ञसँग परामर्श बैठक बोलाउने बचन दिनुभएको एक सहभागिले बताएकाछन् ।

प्रकाशित मिति : बुधबार, जेष्ठ २१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij