कपिलवस्तु- कपिलवस्तुमा १२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
याे सँगै कपिलवस्तुमा काेराेना संक्रमितकाे संख्या ४१४ पुगेको छ ।
स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार जिल्लाकाे वाडगंगा नगरपालिका वार्ड नं १ मा २१ वर्षकाका पुरुष १ जना तथा वार्ड नं २ का ८ र २६ वर्षीया महिला २ जना, ३९ पर्षीय पुरुष १ जनामा काेराेना पाेजेटिभ भेटिएकाे हाे ।
साेही नगरपालिका वार्ड नं ४ का ३४ वर्षीय पुरुष १ जना र वार्ड नं ७ का ३९ वर्षीय पुरुष १ जना गरी कुल ६ जनामा काेराेना भेटिएकाे हाे ।
यसैगरी यशोधरा गाउँपालिका पनि ६ जना रहेका छन् ।
साे गाउँपालिकाकाे वार्ड नं ७ का २२, २६, ३०, ३६, ४२, ४८ वर्षीय पुरुषहरू ६ जनामा काेराेना पुष्टि भएकाे हाे ।
प्रकाशित मिति : बिहिबार, जेष्ठ २२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्