JanataToday.com

Advertisment

SKIP THIS

रुपन्देहीका ५ वटा नगरपालिकामा अत्यावश्यक सामग्रीका पसलहरु आजदेखी खुल्ने

रुपन्देहीका ५ वटा नगरपालिकामा अत्यावश्यक सामग्रीका पसलहरु आजदेखी खुल्ने

बुटवल- रुपन्देहीका ५ वटा नगरपालिकामा अत्यावश्यक सामाग्रिका पसलहरु निश्चत समयमा खाेल्ने सहमति भएकाे छ ।

बुटवल उद्याेग बाणिज्य संघकाे पहलमा बुटवल, सैनामैना, देवदह, तिलाेत्तमा र सिद्धार्थनगर गरि जिल्लाका ५ वटा नगरपालिका, जिल्लामा कृयाशिल व्यबसायिक संघसंस्थाहरु तथा प्रहरी प्रशासनकाे संयुक्त बैठकले लकडाउनमा अपनाउनु पर्ने विधि प्रकृया अपनाउंदै बिहान १० देखि दिउंसाे ३ बजे सम्म पसल खाेल्ने निर्णय भएकाे बुटवल उद्याेग बाणिज्य संघका कार्यसमिति सदस्य मुक्ति अधिकारीले जानकारी दिनुभयाे । तर लकडाउनकाे समयमा सरकारले खाेल्न नपाईने भनेका बढि भिडभाड हुने क्षेत्र बिद्यालय, जिमहाउस, यातायातका साधन, सैलुन, व्युटीपार्लर लगायत भने खाेल्न पाइने छैन । त्यसरी अत्यावश्यक पसलहरु खाेल्दा सामाजिक दुरी कायम गराउनु पर्ने छ भने स्वास्थ्य सुरक्षामा प्रयाेग गरिने सामाग्रिहरु जस्तै:- मास्क, ग्लब्स, सेनिटाईजर प्रयाेग गर्नुपर्ने छ । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीकाे अध्यक्षतामा भएकाे बैठकमा सैनामैनाका प्रमुख चित्रबहादुर केसी सहित तिलाेत्तमा, देवदह र सिद्धार्थनगर नगरपालिकाका प्रतिनीधिहरु, प्रहरी, बुटवल उद्याेग बाणिज्य संघ, रुपन्देही उद्याेग संघ, रुपन्देही व्यापार संघ, तिलाेत्तमा उद्याेग बाणिज्य संघ, सिद्धार्थनगर उद्याेग बाणिज्य संघ, देवदह उद्याेग बाणिज्य संघ, सैनामैना उद्याेग बाणिज्य संघ लगायतका व्यबसायिक संघसंस्थाहरुका प्रतिनीधिहरुकाे सहभागिता रहेकाे थियाे । यस अगाडि रुपन्देहीका व्यबसायिक संघसंस्थाहरुले व्यबस्थित गरेर लकडाउनलाई खुकुलाे बनाउन अाग्रह गर्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा ज्ञापन पत्र बुझाएका थिए । काेराेना भाईरस (काेभिड-१९) काे संक्रमण फैलिन नदिनका लागि सरकारले गत चैत ११ गतेदेखि गरेकाे लकडाउन तीन महिना पुग्न लाग्दा सम्म निरन्तर छ । लकडाउनका कारण सबै उद्याेग व्यापार व्यबसाय ठप्प हुदा व्यपार व्यबसाय धाराशायी भएकाे र त्यसले मुलुककाे अर्थतन्त्रमा समेत नराम्राे प्रभाव पारेकाेले लकडाउनलाई व्यबस्थित गरेर खुकुलाे बनाउन अाग्रह गरिएकाे बुटवल उद्याेग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष खिमबहादुर हमालले बताउनु भयाे ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ २२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij